चैत महिनामा रोजगारका लागि ३१ हजार नेपाली विदेसिए
चैत महिनामा वैधानिक रुपले अन्तिम श्रम स्वीकृत लिएर ३१ हजार भन्दा बढी नेपाली रोजगरीको लागि विदेश पलायन भएका छन्। श्रमग्राम ताहाचलका अनुसार चैत महिनामा ३१ हजार ६ सय १५ जनाले श्रम स्वीकृत लिई विदेश पलायन भएका हुन्।
यो सङ्ख्या भने २०७१ साल चैत महिनाको भन्दा ३९ दशमलब ४५ प्रतिशतले अर्थात २० हजार ५ सय ९५ जनाले कमी हो। ०७१ सालको चैत महिनामा ५२ हजार २ सय १० जनाले श्रम स्वीकृति लिएका थिए।
चैत महिनाममा मात्रै संस्थागत रुपमा २७ हजार ४ सय ९३ जना पुरुष र ८ सय ९६ जना महिलाले अन्तिम श्रम स्वीकृत लिएका छन्। त्यस्तै व्यक्तिगत तर्फको नयाँमा १ हजार १६ पुरुष र १ सय ६ जना महिला अन्तिम श्रम स्वीकृत लिएका हुन। साथै वैधानिकरणमा भने २ हजार ११ जना पुरुष र ९३ जना महिलाले अन्तिम श्रम स्वीकृत लिएका छन्।
श्रमग्राम ताहाचलका अनुसार अन्तिम श्रम स्वीकृत लिने संख्यामा कमी आउनुमा भूकम्प, नाकाबन्दी, मलेसियाले अन्य देशबाट कामदार लैजानु, साउदीमा समेत आर्थिक संकट सुरु हुनु र बेला बेलामा व्यवसायीहरले गर्ने म्यापावर बन्द हडताल प्रमुख कारण रहेको हो।
चैत महिनामा रोजगारका लागि ३१ हजार नेपाली विदेसिए
Reviewed by marumala srinu
on
7:48 AM
Rating:
Reviewed by marumala srinu
on
7:48 AM
Rating:

No comments: