Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

भारतद्वारा रकेट प्रक्षेपण, नेपालमा पनि प्रभाब !

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थाले बिहिबार आफ्नो सातौँ नेभिगेसन स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो स्याटेलाइट प्रक्षेपणसंगै भारतसंग अब आफ्नै जिपिएस प्रणाली हुनेछ।

यो प्रणालीको पहिलो स्याटेलाइट सन् २०१३ जुलाइ १ मा प्रक्षेपण गरिएको थियो, त्यपश्चात सन् २०१४ अप्रिल ४, अक्टोबर १६, सन् २०१५ मार्च २८ र सन् २०१६ जनवरी २० मा छैटौँ स्याटेलाइट प्रक्षेपण गरिएको थियो। भारतले १४२० करोड भारु खर्च गरि यी सातवटा स्याटेलाइट बनाएको हो।

पोलार स्याटेलाइट लञ्च भेहिकल (PSLV-C33) मा राखी IRNSS-1G (Indian Regional Satellite System) लाई आन्ध्रप्रदेशको श्रीहरिकोटाबाट लञ्च गरिएको हो। प्रक्षेपण भएको २० मिनेट पश्चात PSLV-C33 ले IRNSS-1G लाई पृथ्वीको कक्षसम्म पुर्याएको थियो।

यो सातौँ भुउपग्रहको प्रक्षेपण संगै भारत अब आफ्नै नेभिगेसन प्रणाली भएको देशमा गनिने भएको छ। यो भन्दा अघि ग्लोबल पोजिसनिङ सिस्टमको लागि भारत अमेरिकामाथी भर पर्दै आएको थियो।

भारत सहित विश्वका केही देश अमेरिका, युरोपियन युनियन, चीन र रसियासंग आफ्नै नेभिगेसन प्रणाली छ। प्रक्षेपण गरिएको यो स्याटेलाइट १२ वर्षसम्म पृथ्वीको कक्षमा रहनेछ।

प्रयोगकर्ताले IRNSS प्रणालबाट पुरै भारत र सीमाबाट १५०० किलोमिटर टाढासम्म कुनै पनि ठाउँको सटिक भौगोलिक जानकारी पाउनसक्छन्। यसको अर्थ यसको प्रभाव क्षेत्र भित्र नेपाल पनि पर्दछ। नेपालले चाहेमा भारतको यही भुउपग्रहबाट देशभित्र नेभिगेसन सिस्टम चलाउन सक्ने अवस्था रहन्छ तर यसका लागि भारतको सहयोग भने अनिवार्य हुनेछ।

यसले सबै प्रयोगकर्तालाई २० मिटरसम्म को सटिक पोजिसन इन्फर्मेसन दिनेछ भने आधिकारिक प्रयोगकर्ताले १० मिटरसम्मको सटिक पोजिसन इन्फर्मेसन पाउनेछन्।

यसको मद्धतले जमिन, पानी, तथा हावामा निगरानी राख्न सकिनेछ। साथै सवारी साधन ट्र्याक, प्रकोप व्यवस्थापन, भौगोलिक जानकारी, ड्राइभरको लागि भिजुअल तथा भ्वाइस नेभिगेसन देखि पर्यटक तथा हाइकिङ जानेको लागि बाटो देखाउन सम्म यो स्याटेलाइट प्रणालीले मद्धत गर्नेछ।

वायु, जमिन तथा पानीमा निगरानी राख्न आधिकारिक प्रयोगकर्ताले मात्र पाउनेछन्।



भारतद्वारा रकेट प्रक्षेपण, नेपालमा पनि प्रभाब ! Reviewed by marumala srinu on 6:09 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.