Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सातदोबाटोमा भेटिएको झोला प्रहरीले सम्बन्धित धनीलाई बुझायो

सातदोबाटो प्रहरी वृतका प्रहरी जवान मक्कुलाल थारुले सातदोबाटोमा भेट्टाएको झोला ३ दिनपछि ललितपुर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ।  ललितपुर प्रहरी परिसरका एसएसपी पीताम्बर अधिकारीको रोहवरमा थारुले ४० हजार नगदसहित भेट्टाएको झोला सम्बन्धित धनी पुनमकुमारी ठाकुर झालाई बुझाएका हुन्।
 
जनकपुर घरमा छोराको ब्रतबन्ध सकाएर काठमाडौं आउने क्रममा सो झोला ट्याक्सी चढेर हात्तिवन जानेबेला हराएको थियो। विभिन्न संचारमाध्यममा झोला भेटिएको समाचार हेरेपछि आफू प्रहरीसमक्ष आएको पुनमले बताईन। झोला कहाँ हरायो, बसमा की अन्तै कतै भन्ने विषयमा द्धिविधा भएका कारण प्रहरीमा उजुरी गर्न नआएको पुनमले बताईन।
 
'प्रहरीले झोला भेटेको कारण पाएँ, सर्वसाधारणले भेटेको भए सायद पाउदैन थे होला' पुनमले भनिन्। ललितपुरका एसएसपी अधिकारीले यात्राका क्रममा आफूसँग भएको सामानको बारेमा ध्यान दिनुपर्ने बताए। यात्राका क्रममा सामान हराए नजिकैको प्रहरीमा खबर गर्न उनले सबैसित आग्रह गरे।


सातदोबाटोमा भेटिएको झोला प्रहरीले सम्बन्धित धनीलाई बुझायो Reviewed by marumala srinu on 4:41 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.