Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कञ्चनपुरमा फेरि कुटिए बर्दीधारी प्रहरी, ड्युटीमै खटिएका बेला आक्रमण

महेन्द्रनगर, ७ वैशाख । डियुटीमा रहेका ट्राफिक प्रहरी माथि हातपात गर्ने कञ्चनपुरको भीमदत्तनगरपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही थालेको छ ।
सोमबार पुर्व पश्चिम राजमार्ग अन्र्तगत कञ्चनपुरको बेदकोट नगरपालिकामा पर्ने दैजी चोक नजिक डियुटीमा रहेका ट्राफिक प्रहरीलाई भीमदत्तनगरपालिका–३ तिलकपुरका पवेन्द्र धामीले हातपात गरेका थिए ।
‘सडकमै मोटरसाइकल पार्किङ्ग गरेपछि ट्राफिकले हटाउन आग्रह गर्दा प्रहरीमाथि नै धामी हातपातमा उत्रिए ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हस्त सुनारले भन्नुभयो–‘सो विषयमा विवाद भएपछि प्रहरीमाथि हातपात भएको हो ।’
उहाँले हातपातमा उत्रिएका धामीमाथि सोमबार नै सार्वजनिक अपराधमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
यसअघि नयाँ वर्षका दिन सदरमुकाम महेन्द्रनगरमा आयोजना गरिएका कार्यक्रममा प्रहरी इन्सपेक्टर नै कुटिएका थिए तर, कुट्नेहरु एसपीको  ठाडो निर्देशनमा छुटेका थिए ।

कञ्चनपुरमा फेरि कुटिए बर्दीधारी प्रहरी, ड्युटीमै खटिएका बेला आक्रमण Reviewed by marumala srinu on 4:21 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.