Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

भारतबाटै यसरी हुदैछ नेपाल ‘हिन्दु राष्ट्र’ घोषणा


भारतको मध्यप्रदेश उज्जैनबाट नेपालमा हिन्दुराष्ट्रको धोषणा हुने भएको छ । आउँदो कुम्भमा विश्वभरीका साधु सन्यासीहरुको जमधटको बेलामा नेपाललाई पुनः हिन्दुराज्यको दर्जा दिलाउन सनातन नेपाल हिन्दु पुर्नस्थापना समिति नेपाल रातदिन एक गरी लागि परेको छ ।सनातन नेपाल हिन्दु पुर्नस्थापना समिति नेपालका अध्यक्ष विष्णु बरालले नेपाललाई हिन्दु राज्य धोषणा गराउन अन्तिम आरपारको लडाई सुरु गरेको बताए । उनले यो विषयमा विश्वभरीका साधु सन्यासी जम्मा हुने अवसर उज्जैनमा हुने लागेको कुम्भलाई प्रयोग गर्ने तयारी गरेका छन् ।

सनातन नेपाल हिन्दु पुर्नस्थापना समितिले यो विषयमा ठूलो तयारी गरेको छ । समितिले कुम्भमा सहभागी हुन आउने १० लाख श्रद्धालुहरुको खाना र बस्नको व्यवस्था नीजि खर्चमा गरिएको छ ।उज्जैनको दतात्रेय जोन सेक्टर २ उजदाखेडा हनुमान मन्दिर पछाडि इन्दोर बायपास रोड मोहनपुरा व्रिज उज्जैन मध्यप्रदेशमा करिब २ एकड जग्गमा ठूलो पंडाल देखि लिएर भान्छा घर र सुत्नेव्यावस्थाका साथै श्रद्धालुहरुलाई नुहाउने, सौच आदिको को साथै ठूलोे क्याम्पको समेत संस्थाले व्यावस्था मिलाएको छ ।
करौंडो खर्च गरेर विश्वका साधु सन्यासीहरुको ध्यान नेपालप्रति खिच्नका लागि समितिको टीम दिनरात आयोजनस्थलमा खटिरहेको छ ।

अध्यक्ष बराल संविधानमा नेपाल धर्मनिरपेक्ष राज्य धोषणा भएसँगै हिन्दु राष्ट्रको पक्षमा निरन्तर सक्रिय रहेका छन् । नेपाल हिन्दुराष्ट्र हुनु पर्ने माग लिएर नेपालका राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभा र राज्यका सम्बन्धित सबै निकायहरुसँग भेट गरी सकेको बराल बताउँछन्।


भारतबाटै यसरी हुदैछ नेपाल ‘हिन्दु राष्ट्र’ घोषणा Reviewed by marumala srinu on 5:32 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.