Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सिद्धार्थले २८ वर्ष बिताएको तिलौराकोटमा पुगे पूर्वयुवराज पारस

कपिलवस्तु-पूर्व युवराज पारस शाह मंगलावर दिउँसो सिद्धार्थ गाैतमले २८ वर्षसम्म युवराजको रुपमा बिताएको कपिलवस्तुस्थित प्राचीन तिलौराकोट दरबार क्षेत्र अाएका छन्। दिउँसो २ बजे बा १४ च २१३१ नम्बरको कालो पजेरो गाडी चढेर ३ साथीसँगै अाएका उनी राजा शुद्धोधनको प्राचीन दरबार क्षेत्रभित्र भने प्रवेश गरेनन्। 

पूर्व युवराज शाहको भ्रमणबारे कसैलाई आधिकारिक जानकारी दिइएको थिएन। सुरक्षा अंगमा समेत खबर नगरी अचानक लुम्बिनी–तौलिहवा बाटो हुँदै उनी तिलौराकोट पुगेका थिए। उनीसँगै आएका ३ जना साथीहरु तिलौराकोट दरबार क्षेत्रभित्र प्रवेश गरेर अवलाेकन गरे। पूर्वयुवराज शाह भने त्यतिबेला गाडी भित्रै बसेर बिताए। आफ्ना ३ साथी फर्केपछि गेटमा रहेका स्थानीयले पारसलाई चिनेका थिए।

बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गाैतमले तिलौराकोट दरबारमा युवराजको रुपमा २८ वर्ष बिताएका थिए। तिलौराकोट दरबारक्षेत्रमा अहिले पनि उनले दरबार त्यागेर हिँड्दाको पश्चिम गेट सहितका संरचनाको भग्नावेशष देख्न सकिन्छ।

एेतिहासिक महत्वको यो दरबार अवलोकन गर्न पूर्वयुवराजले रुचि देखाएनन्। स्थानीयकै आग्रहअनुसार केही बेरलाई उनी गाडीबाहिरसम्म निस्के तर भित्र पसेर अवलोकन गरेनन्। लुम्बिनी विकास कोष तिलौराकोट सम्पर्क कार्यालका प्रमुख माधव आचार्यले उनी दरबार क्षेत्रभित्र प्रवेश नगरेको नागरिकन्युजलाई बताए।

'पूर्व युवराज शाह दरबार क्षेत्र भित्र जानु हुन्छ भन्ने लागेका थियो तर उहाँ बाहिरी गेटबाटै फर्किनुभयो' उनले सुनाए, 'हामीले पूर्व युवराज शाहलाई तिलौराकोट दरबार क्षेत्रको अवलोकन गर्न अनुरोध गर्न पनि पाएनौ।'

तिलौराकोट आएका शाह पाँच मिनेट मै फर्केका थिए। शाह तौलिहवा– जितपुरको बाटो हुँदै पूर्व पश्चिम राजमार्ग तर्फ लागेका थिए। शाहको भ्रमणका बिषयमा जानकारी नभएको प्रहरीले जनाएको छ।


सिद्धार्थले २८ वर्ष बिताएको तिलौराकोटमा पुगे पूर्वयुवराज पारस Reviewed by marumala srinu on 5:35 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.