Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सरस्वतीलाई जापानमा प्रशिक्षण मौका

काठमाडौं–राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरीले वैदेशिक प्रशिक्षण र प्रतियोगिता खेल्नका लागि जापान जाने अवसर पाएकी छन्। एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्ने उनी नेपाली भलिबलकी अग्ली स्पाइकरमा पर्दछिन् । ६ फिट उचाइकी सरस्वती राष्ट्रिय टोलीकी पनि पहिलो रोजाइकी स्पाइकर हुन्।
सरस्वतीले जापानको युनिर्भसिटी अफ टिसुकुबामा प्रशिक्षण गर्ने अवसर पाएकी छन्। एपिएफ भलिबल टोलीका व्यवस्थापक विजय केसीले सरस्वतीले प्रशिक्षणसँगै राम्रोप्रदर्शन देखाए युनिभर्सिटी टोलीबाट प्रतियोगिता खेल्ने अवसर पाउन सक्ने बताएका छन् । टिसुकुबा विश्वविद्यालयले बिहीबार सरस्वतीलाई प्रशिक्षणका लागि छात्रवृत्तिदिने पत्र पठाएको केसीले जानकारी गराए ।
युनिर्भसिटी अफ टिसुकुबा जापान सरकारले स्थापित दोस्रो ठूलो विश्व विद्यालय हो । सरस्वतीले निःशुल्क करिब एक महिना प्रशिक्षण अवसर पाएको टिसुकुबा विश्वविद्यालय जापानको कान्टो रिजनमा पर्दछ । सरस्वतीले साउन ३१ देखि भदौ ३० सम्म प्रशिक्षण गर्नेछिन् । प्रशिक्षणका क्रममा उनले विश्वविद्यालय टोलीबाट खेल्न सक्ने एपिएफले जनाएको छ । उनले भदौ २ देखि जापानमा प्रशिक्षण सुरु गर्नेछिन् । सरस्वतीलाई जापान आतेजाते हवाई टिकटएपिएफ क्लबले उपलब्ध गराउने भएको छ ।
जापानमा प्रशिक्षणका क्रममा अन्य सुविधा विश्वविद्यालयले दिने व्यवस्थापक केसीले बताए । जापानी टोलीबाट खेल्ने सके सरस्वती विदेशी क्लबबाट खेल्ने तेस्रो नेपाली महिला खेलाडी हुन्छिन् । गत वर्ष असोजमा कोपिला उप्रेती र नीमा श्रेष्ठ व्यावसायिक भलिबल खेल्न माल्दिभ्स गएका थिए । उनीहरूले माल्दिभ्सबाट दुई प्रतियोगिता खेलेका थिए । त्यसपछि कात्तिक महिनामा कोपिला माल्दिभ्स लिग भलिबल खेल्ने पुनः माले पुगेकी थिइन् । कोपिला माल्दिभ्स क्लबबाट लिग खेल्न७ सय डलरमा अनुबन्धित भएकी थिइन् ।
व्यवस्थापक केसीले भने, 'हामी खुसी छौं । विश्व जापान भलिबलमा बलियो टोली हो । जापानमा प्रशिक्षण गर्न पाउनु नेपाली खेलाडीका लागि ठूलो अवसर हो । यसले हाम्रो क्लबको स्तर र अन्य नेपाली खेलाडीलाई जापानमा प्रशिक्षण गर्ने ढोका खुल्ने आशा छ ।'
सरस्वतीलाई जापानमा प्रशिक्षण गराउनका लागि राष्ट्रिय भलिबल टोलीका पूर्व खेलाडी जयनारायण चौधरी र नेपाली भलिबल टोलीका पूर्व जापानी प्रशिक्षक यानागिता सुन्जीले सहयोग गरेका हुन् । ६ महिनाअघि सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सरस्वतीलाई प्रशिक्षणमा पठाउने प्रक्रिया अगाडि बढाएका थिए ।
घरेलु प्रतियोगितामा एकछत्र राज गरिरहेको एपिएफलाई उपाधि दिलाउन मुख्य भूमिका निर्वाह गरिरहेकी सरस्वतीले पश्चिमाञ्चलबाट व्यावसायिक भलिबल करिअरसुरु गरेकी हुन् । पोखरा टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै एपिएफमा आएकी सरस्वती नेपाली खेलकुदको प्रतिष्ठित अवार्ड पल्सर स्पोर्टस अवार्ड २०७० को लोकप्रिय खेलाडी हुन् ।
यसैगरी दुई वर्षअघि काठमाडौंमा भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलमा नेपालले श्रीलंकालाई हराउँदै रजत पदक जित्दा सरस्वती नेपाली टोलीकी मुख्य स्पाइकर थिइन् । त्यो प्रतियोगिता उनको राष्ट्रिय टोलीबाट डेब्यु थियो ।
दुई महिनाअघि भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद(साग)मा कांस्य जितेको टोलीमा पनि उनी थिइन् । धनगढीकी सरस्वतीलाई २०७० सालमा नेपाल भलिबल संघले वर्षको उत्कृष्ट खेलाडीमा पुरस्कृत गरेको थियो । त्यसै वर्ष सरस्वतीले सशस्त्र प्रहरीको आइजिपी कप भलिबलमा उत्कृष्ट खेलाडी हुँदै स्कुटर र २०६९ सालमा ढोरपाटन डबल लिग भलिबलमा राइजिङ खेलाडीका रूपमा स्कुटर पुरस्कार पाएकी थिइन् ।
ओपन स्पाइकर सरस्वतीले जापानमा मिहिनेत गरेर नयाँ कुरा सिक्न प्रयास गर्ने बताइन् । उनले नागरिकसँग भनिन्, 'जापानमा खेलाडी र प्रशिक्षण राम्रो हुन्छ । त्यहाँ थुप्रै कुरा सिक्ने अवसर मिल्नेछ । सक्दो मिहिनेत गरेर प्रशिक्षण गर्नेछु ।'
२० वर्षीया सरस्वती २०६५ सालमा सुदूरपश्चिमबाट गणतान्त्रिक भलिबल खेल्न पहिलोपल्ट काठमाडौं आएकी थिइन् । त्यही प्रतियोगितापछि सरस्वतीले पोखरा टोलीबाट खेल्दै व्यावसायिक करिअर थालिन् । पोखराको फिस्टेल एकेडेमी र पश्चिमाञ्चल टोलीमा पाँचवर्ष खेलेपछि सरस्वती तीन वर्षअघि एपिएफसँग आबद्ध भएकी थिइन् ।

सरस्वतीलाई जापानमा प्रशिक्षण मौका Reviewed by marumala srinu on 4:57 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.