दरबारमार्गमा खुल्यो कुकर विरालो बिक्री केन्द्र
१३ वैशाख, काठमाडौं । राजधानीको दरबारमार्गमा पेट्स (कुकुर र विरालो)को शो-रुम खुलेको छ । सोमबार ‘पेट भिल्ला’को सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
महानगर एनिमल रिसर्च सेन्टर अन्तर्गतको महानगर ग्रुप अफ कम्पनीले पेट भिल्ला खोलेको हो । राजधानीको व्यवसायिक केन्द्र दरबारमार्गमा अहिलेसम्म कुकुर विरालो बिक्री गर्ने शो-रुम खोलिएको थिएन ।
घरमा कुकुर विरालो पाल्न सौखिनहरुले दरबारमार्गमा अफुले चाहेजस्तो कुकुर बिरालो र तिनीहरुलाई आवश्यक खानेकुरा र सामाग्रीहरु खरिद गर्न सक्नेछन् । पछिल्लो समय कुकुर विरालोका सौखिनहरु बढ्दै गएपछि दरबारमार्गमा शो-रुम खोलेको कम्पनीका अध्यक्ष सुरेश कार्कीले बताए ।
यसअघि कम्पनीले काठमाडौंको पानीपोखरी र ललितपुरको झम्सिखेलमा पेटको कारोबार सुरु गरिरहेको छ । केही समयमै उपत्यकाका अन्य स्थान र बाहिर पेटको कारोबार सुरु गर्ने कार्कीको भनाई छ ।
दरबारमार्गमा प्रायः सौखिन व्यक्तिहरुको चहलपहल हुन्छ । उनीहरुलाई कुकुर बिरालो नश्ल तथा उनीहरुलाई आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउन पेट महानगर भिल्ला खोलेको कम्पनीका प्रबन्ध निर्देशक जगन्नाथ ढकालले बताए ।
कुकुर पारखीहरु बढ्दै गए पनि पिडिग्री सर्टिफाइड कुकुर पाउन कठिन छ । कम्पनीले अमेरिका, बेलायत, रसिया, सर्भिया, हंग्री थाइल्याण्ड लगायत देशबाट पिडिग्री एवं च्याप्पियन लाइनका कुकुरहरु आयात गरी बिक्री वितरण गरिरहेको छ ।
कम्पनीले ग्राहकको आवश्यकता परिपूर्ति गर्नका लागि उच्च गुणस्तरका कुकुर पहिलो पटक काठमाडौंको हात्ती गौंडामा र्फम खोलेर आपूर्ति र निर्यात गर्दै आएको अध्यक्ष कार्कीले बताए ।
राजधानीमा मात्रै करिब ४ लाख कुकुर घरेलु रुपमा पालिँदै आएको छ । कुकुर र बिरालो घर पालुवा जनावर भएपनि सरकारले अहिलेसम्म पशु क्षेत्रमा समेटेको छैन ।
व्यवसायिक रुपमा यसको आकर्षण बढिरहेका बेला सरकारले कुकुर व्यवसायलाई पशुपालनको मान्यता दिएमा व्यवसायीक रुपमा उच्च नश्लका कुकुर बिरालो उत्पादन गरी निर्यात गरेर विदेशी मुद्रा भित्र्याउन सकिने प्रबन्ध निर्देशक ढकालले बताए ।
दरबारमार्गमा खुल्यो कुकर विरालो बिक्री केन्द्र
Reviewed by marumala srinu
on
4:54 AM
Rating:
Reviewed by marumala srinu
on
4:54 AM
Rating:

No comments: