Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सामाजिक अभियन्ता बारवरा एडम्सको अन्तिम संस्कार हिन्दु परम्पराअनुसार

सामाजिक अभियन्ता बारवरा एडम्सको अन्तिम संस्कार हिन्दु परम्पराअनुसार आज पशुपति आर्यघाटमा गरिने, अन्तिम श्रद्धाञ्जलीका लागि शव प्रज्ञा भवनमा ।

अमेरिकामा जन्मेर नेपाललाई कर्मभूमि बनाएकी लेखक तथा सामाजिक अभियन्ता वारवरा एडम्सको आज पुशपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । स्वर्गीय एडम्सको इच्छा बमोजिम उहाँको अन्तिम संस्कार हिन्दू परम्परा अनुसार पशुपति आर्यघाटमा गरिन लागेको वारवरा शान्ति प्रतिष्ठानले जनाएको छ ।


अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लैजानुअघि उहाँको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । अमेरिकाबाट पत्रकारिता सुरु गरेकी एडम्स सन् १९६० मा बेलायती महारानी एलिजावेथ द्वितियाको नेपालको राजकीय भ्रमणको रिपोर्टिङको सिलसिलामा नेपाल आउनुभएको थियो । नेपाल आएपछि राजा महेन्द्रका भाइ बसुन्धरा शाहसँग विवाह गर्नुभएको थियो । तर उहाँहरुको विवाहले कानुनी मान्यता पाएको थिएन । एडम्सले ५४ वर्ष अगाडि थर्ड आई टुर्स एण्ड ट्राभल्स कम्पनी स्थापना गरेर नेपालमा व्यवसायिक पर्यटनको सुरुवात गर्नुभएको थियो ।
८५ वर्षिया एडम्सको शुक्रबार राजधानीको ग्राण्डी अस्पतालमा निधन भएको थियो ।


सामाजिक अभियन्ता बारवरा एडम्सको अन्तिम संस्कार हिन्दु परम्पराअनुसार Reviewed by marumala srinu on 7:45 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.