Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

शीतलनिवास किन छिरे रहस्यमय जर्नेल ?

Netrabahadur Thapaकाठमाडौं, १३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री कमल थापाका सहोदर दाजु अवकास प्राप्त रथी नेत्रबहादुर थापालाई आफ्नो सुरक्षा सल्लाहकारमा नियुक्त गरपछि सेनाभित्र हाँसोको साथै आक्रोशसमेत उत्पन्न भएको छ ।

तत्कालीन शाही नेपाली सेनाका आफ्ना ब्याचीले केडेट बेलादेखि नै ‘माइला दाई’ (अर्थात मूर्खमाइलाको छोटकरी) भनेर सोम्बोधन गरिने नेत्रले सेनामा खराब काम गरेनन्, किनभने उनले कुनै काम नै गरेनन् । काम नै नगरेपछि खराब काम हुने अवस्था नै आउँदैन । उनलाई बुद्धि र क्षमता नभएका असल मान्छे भनिन्छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।

उनी कस्ता रथीवृन्द भन्नेभन्दा पनि सेना, सुरक्षा विषया निर्णय गर्ने संवैधानिक अधिकार नभएका सेरोमोनियल राष्ट्रपतिले सुरक्षा सल्लाहकार केका लागि नियुक्त गरेको ? नेपाली सेनाको परमाधिपति भनेको मानार्थ जस्तै हो ।

सेना परिचालन तथा प्रधानसेनापति नियुक्तिका लागि मन्त्रिपरिषदले गर्ने प्रस्तावमा स्वतः समर्थन गर्न संवैधानिक बाध्यता भएको राष्ट्रपतिले किन अचानक सुरक्षा सल्लाहकार छान्न हतार र आवश्यक प¥यो ? र आफैलाई राजाजस्तो भान परेकाले छानेकै हो भने पनि महापञ्च कमल थापाकै दाजु र जिन्दगीको लामो समय राजदरबारमा बसेर राजा महाराजाका बफादार मानिने नेत्र थापा नै किन छनौटमा परे ?

कमल थापाको जालमा फसेर कि अरु कसैबाट कुनै रहस्यमय डिजाइन अन्तर्गत राष्ट्रपति कार्यालयमा शंकास्पद पूर्व जर्नेललाई छिराइयो ? लोकतान्त्रिक विचारभन्दा बाहिर रहेका नेत्रबहादुर थापा अवकासपछि राप्रपा नेपालकै धेरै कार्यक्रममा सक्रिय बनेका र सेवामै रहँदा पनि धेरै रिटायर अफिसर र अन्य दर्जाहरूलाई राप्रपा नेपालमा सदस्यता दिलाउने यी जर्नेललाई किन राष्ट्रपतिकै सुरक्षा सल्लाहकारमा छानियो ? रहस्यमय बनेको छ ।

लोकतान्त्रिक विचार बोकका, समाजको आमूल परिवर्तनमा भूमिका खेल्न सक्ने, विद्यादेवी भण्डारीको राजनीतिक विचारसँग निकट रहेका कुनै मान्छे नभेटेर हो कि ? राष्ट्रपति र प्रधानमनत्रीले दरबारियाहरूको भीडभाड जम्मा गर्नुका रहस्य के हो ? अहिले बौद्धिक जगतमा यस्ता प्रश्नहरू उठिरहेका छन् ।


शीतलनिवास किन छिरे रहस्यमय जर्नेल ? Reviewed by marumala srinu on 7:38 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.