Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

चीनको सहयोगमा पाकिस्तानले बंकर बनाएपछि भारत तनावमा

एजेन्सी: पाकिस्तानले भारतको राजस्थान सीमामा एक महिनायता करिब १८० वटा पक्की बंकर बनाएपछि भारतलाई तनाव भएको छ । 
 
पाकिस्तानले राजस्थानको सीमामा अझै थप एक सय पक्की बंकर बनाउन जुटिसकेको छ । यी बंकर जैसलमेर, बिकानेर, बाडमेर र श्रीगंगानगर नजिकै सीमामा बनाइएको हो । 
 
भारतले पाकिस्तानको यस कदमप्रति कडा आपत्ति जनाएको छ ।समाचार अनुसार अनुसार राजस्थानसँग जोडिएको संवेदनशिल क्षेत्रमा पाकिस्तानले गोप्यरुपमा बंकर निर्माण गरेको हो । 
 
पाकिस्तान-राजस्थान सीमामा पाकिस्तानले बंकरसँगै एम्युसन डम्प, हेलीप्याड, पक्की सडक, पानीको ट्यांकी सीमा चौकी र अन्य कयौं पूर्वाधार निर्माणलाई तीब्र पारेको हो । 
 
सीमानामा पाकिस्तानले बनाएका सबै बंकर पक्की रहेका छन्  यी बंकरलाई 'डेजर्ट वार फेयर प्रविधि' प्रयोग गरी बनाइएको हो । 
 
यी बंकर जैसलमेर, बिकानेर, बाडमेर र श्रीगंगानगरबाट करिब डेढ किलोमिटर टाढाको सीमाक्षेत्रमा बनाइएको हो । 
 
भारतीय सीमा सुरक्षा बलले द्धिपक्षीय बैठकमा पाकिस्ताको यो कदमप्रति आपत्ति प्रकट गरेका छन् ।
 
पाकिस्तानले 'डेजर्ट वार फेयर प्रविधि' बाट जैसलमेरको किशनगढ बल्ज र शाहगढ बल्ज क्षेत्रको नजिकै सीमापारितर्फ डेटका टोबा, हरंगवाला, सखिरेवालाखु, डङ्गाउतक, बचोल, जमेश्वरी र चुरूनपढ कुल फकिर इलाकामा बंकरसँगै एम्युसन डम्प, हेलीप्याड, पक्की सडक, पानी ट्यांकी र सीमाचौकी बनाएको हो । 
 
पाकिस्तानले युद्ध पूर्वाधार बनाएको यो क्षेत्रमा सन् १९७१ मा भारत र पाकिस्तानबीच युद्ध भएको थियो । 
 
भारतीय सीमा सुरक्षा बल (बिएसएफ) पूर्व डीआईजी भगवतीलाल चौहानले पाकिस्तानले यी बंकर सीमामा उपस्थित चिनियाँ सैनिकको सहयोगमा निर्माण गरिरहेको दाबी गरेका छन् । 
 
उनका अनुसार भारतीय सीमासँगैको पाकिस्तानी भूभागमा चिनियाँ सेनाको पनि ठूलो उपस्थिति रहेको दाबी गरेका छन् । 
 
भारतीय जासुस एजेन्सीलाई यो स्थानमा स्याटलाइट फोनको सिग्नल पनि आएको छ । भारतीय जासुस एजेन्सीले यो स्थानमा चिनियाँ कम्पनीका स्याटलाइट फोनको सिग्नल मिलेकाले यहाँ चिनियाँ सैनिक रहेको दाबी गरेका हुन् ।
 
भारतीय जासुस एजेन्सीले पाकिस्तानले सुरुङ बनाउने अभियानका लागि ठूलो संख्यामा चिनियाँ सैनिक तैनाथ रहेको दाबी गरेका हुन् । 
 
यो सूचना आएपछि भारतीय सीमा सुरक्षा बलका डीआईजी केके शर्माले राजस्थानको दुई दिने भ्रमण पनि गरेका छन् । उनी शनिबार जैसलमेर जिल्लास्थित पाकिस्तानले पारिपट्टि बनाएको बंकर क्षेत्रस्थित सीमा चौकीको निरीक्षण पनि गरेका छन् । 


चीनको सहयोगमा पाकिस्तानले बंकर बनाएपछि भारत तनावमा Reviewed by marumala srinu on 6:56 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.