Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

इराकमा भएको आत्मघाती आक्रमणमा १४ व्यक्तिको मृत्यु

बग्दाद, इराकको राजधानी बग्दादको दुई वटा नगरहरुमा सुरक्षा अधिकारीलाई लक्ष्यगरी भएको आत्मघाती आक्रमणहरुमा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
शनिबार अबेर राति पूर्वी नगर हुसानीयाहमा अवस्थित सुरक्षा जाँचचौकीलाई लक्ष्यगरी भएको आत्मघाती कारबम आक्रमण छ सर्वसाधारण र चार सैनिकको मृत्यु भएको जनाइएको छ ।

यस आक्रमणमा अन्य २८ जना घाइते. भएका पनि सो स्रोतले बताएको छ । यस आक्रमणको आतङ्ककारी समूह इस्लामिक स्टेटस् (आइएस)ले जिम्मा लिएको छ ।

सोही समयमा दक्षिणी नगर अरब जाबोउरमा एक सैनिक समूहमाथि भएको कारबम आक्रमणमा परी चार सैनिकको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका छन् ।

बग्दादभरी नै प्रायःसुरक्षा अधिकारीहरुलाई लक्ष्यगरी आइएस आतङ्ककारी समूहले बारम्बार आक्रमण गर्दै आएका छन् । यस देशमा सिया मुसलमान समूदायको बलियो प्रभाव रहेको छ । रासस÷एपी



इराकमा भएको आत्मघाती आक्रमणमा १४ व्यक्तिको मृत्यु Reviewed by marumala srinu on 6:45 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.