मृतकको सम्झनामा दीप प्रज्वलन
गत वैशाखको विनासकारी भूकम्पबाट मृत्यु भएका व्यक्तिको सम्झनामा आज धुन्चेमा दीप प्रज्वलन गरियो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी र ८० वर्षीय वृद्ध पेमा तामाङले संयुक्तरुपमा दीप प्रज्वलन गरी मृतात्माको चिरशान्तिको कामना गर्नुभयो ।
त्यस्तै नेपाल प्रहरीले भूकम्पअघि र भूकम्पपछिको लाङटाङ वृत्तचित्रसमेत प्रदर्शनी गरेको थियो भने सशस्त्र प्रहरीले आगलागी पनि विपद् हो भन्दै कसरी आगलागी नियन्त्रण गर्ने भन्ने विषयमा वृत्तचित्र प्रस्तुत गरेको थियो । रासस
मृतकको सम्झनामा दीप प्रज्वलन
Reviewed by marumala srinu
on
7:04 AM
Rating:
No comments: