Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

लोकतन्त्र आएको १० वर्ष पूरा, नागरिकको अवस्था भने फेरिएन

काठमाडौं, वैशाख ११ – लोकतन्त्र आएको शनिबार १० वर्ष पूरा भएको छ । २०६२/०६३ को जनआन्दोलनपछि २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको थियो । तत्कालिन राजा ज्ञानेन्द्र शाहको निरंकुश शासन नागरिकको आन्दोलनका कारण अन्त्य भएर लोकतन्त्र आएको थियो ।
लोकतन्त्र आएको एक दशक पूरा हुँदा आन्दोलनसँग जोडिएका राजनीतिक मुद्दा लगभग पूरा भएका छन् । तर नागरिकका दैनिकी तथा जीविकासँग सम्बन्धित माग अझै पूरा भएका छैनन् । यो अवधिमा राजनीतिक प्रणाली राजतन्त्रात्मबाट गणतन्त्रमा आइपुगेको छ ।
संविधानसभाबाट नयाँ संविधान जारी भएको छ । संघीयता तथा स्थायी शान्तिका कुरा केही बाहेक अधिकांश पूरा भएका छन् । तर फेरिएको राजनीतिक व्यवस्थामा पनि जनआन्दोलनमा होमिदा देखेका सपनाको केही अंश पनि पूरा नभएको नागरिकले गुनासो गरेका छन् ।
महसुस गर्ने गरी काम गरेर खाने वर्गको पक्षमा परिवर्तन भएको छैन । यस्तैमा लोकतन्त्र स्थापनाका लागि आन्दोलन गर्दा घाइते भएका व्यक्तिलाई सरकारले दिँदै आएको निशुल्क उपचार सेवा कटौती गरेको पीडितले दुखेसो गरेका छन् ।
गएको वर्ष भदौ महिनादेखि निःशुल्क उपचार नपाएको भन्दै पीडितले गुनासो गरेका हुन् । यसअघि सरकारले जनआन्दोलनका घाइतेलाई सबै सरकारी अस्पतालबाट निशुल्क उपचार सेवा दिँदै आएको थियो । शहीद परिवार तथा घाइते सरोकार समितिका अनुसार १३ हजार ६ सय ५८ जना घाइते भएका थिए ।
त्यसमध्य सरकारको मुल्यांकनमा परेको चार हजार तीन सय जना मध्ये झण्डै दुई सय जनाले नियमित उपचार गर्नुपर्ने खालका छन् । उनीहरुको उपचारको सबै खर्च सरकारले नै व्यहोर्दै आएकामा पोहोर भदौ महिनादेखि कटौटी भएको जनआन्दोलनका घाइते मेघराज आचार्यले बताउनुभयो ।

लोकतन्त्र आएको १० वर्ष पूरा, नागरिकको अवस्था भने फेरिएन Reviewed by marumala srinu on 2:26 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.