Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सरकारी सवारीसाधन वाइसिएलको नियन्त्रणमा

सुर्खेत –एकीकृत नेकपा (माओवादी) को युवा संगठन योङ्ग कम्युनिष्ट लीग (वाइसिएल) सुर्खेतले आज सरकारी सवारीसाधनहरु नियन्त्रणमा लिएको छ ।
?
शनिबारका दिन सरकारी सवारीसाधनको दुरुपयोग भएको भन्दै वाईसिएलले वीरेन्द्रनगरको देउती बज्यै मन्दिरबाट सवारीसाधनहरु नियन्त्रणमा लिएको हो ।
वाईसिएलका केन्द्रीय सदस्य सुरज डिसीको नेतृत्वमा गएको वाईसिएलको टोलीले देउती बज्यै मन्दिरबाट तीनवटा मोटरसाईकल नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका मोटरसाईकलहरु भे १ ब ५८७ नम्बरको मोटरसाइकल जिल्ला कृषि विकास कार्यालय सुर्खेतको रहेको छ । यस्तै बा १ ब ८३६७ नम्बरको मोटरसाईकल क्षेत्रीय सिंचाई कार्यालय रहेको छ भने भे १ ब ४३२ नम्बरको मोटरसाइकल कालिकोट जिल्ला शिक्षा कार्यालयको रहेको वाईसिएल सुर्खेतका संयोजक अम्मरबहादुर चन्दले जानकारी दिए ।
नियन्त्रणमा लिइएका सवारीसाधनहरु वाईसिएलले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बुझाइएको छ । वाईसिएलले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक कलकबहादुर शाही र प्रहरी हवल्दार प्रविण थापाको रोहबरमा बुझाईएको हो ।
यस अघी वाईसिएल सुर्खेतले विज्ञप्ति निकाली सरकारी सवारीसाधनको दुरुपयोग गर्नेलाई नियन्त्रणमा लिने चेतावनी दिएको थियो । साथै भोलीदेखि प्रहरीसंग समन्वय गरेर ग्याँस डिलर, प्रेटोल पम्प लगायत कालोबजारी हुने ठाउँहरुमा पनि छापा हानिने वाईसिएलले जनाएको छ ।

सरकारी सवारीसाधन वाइसिएलको नियन्त्रणमा Reviewed by marumala srinu on 2:39 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.