Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

दुबइमा बन्दैछ बुर्ज खालिफाभन्दा अग्लो भवन

युएइको दुबइस्थित बुर्ज खालिफा विश्वको सबैभन्दा अग्लो भवन हो । तर दुबइ आफ्नो यो रेकर्ड आफैले तोड्न तम्सिएको छ । दुबइमा एउटा अर्को यस्तो भवन बनाइँदैछ जुन बुर्ज खालिफा भन्दा पनि अग्लो हुनेछ ।
दुबइलाई सपनाको सहर पनि भनिन्छ । यहाँ ती सबै चिज छन् जसले जो कोही मानिसालई आफुतर्फ आकषिर्त गर्दछन् ।
२७ सय १७ फिट अग्लो बुर्ज खालिफाको रेकर्ड तोड्ने भवन आइफिल टावरको आकारको हुनेछ । यसमा रिभल्भिंग बगैँचा तथा यस्तै घुम्ने बाल्कोनी लगायतका विशेष संचरना हुनेछन् ।
यो भवन बनाउन एक खर्ब रुपैयाँभन्दा बढि पर्नेछ । यो परम्परागत गगनचुम्बी जस्तो नभई पूर्णरुपमा अत्याधुनिक सुविधासहितको भवन हुनेछ ।
यो नयाँ भवनको नाम के राख्ने भन्ने तय भैसकेको छैन । तर यो भवन निर्माणको परियोजनाको नाम भने टावर प्रोजेक्ट राखिएको छ । यो भवनलाई स्पेनिस स्विस वास्तुकार सानटिएगो क्यालाट्रावा वाल्सले डिजाइन गरेका हुन् ।

दुबइमा बन्दैछ बुर्ज खालिफाभन्दा अग्लो भवन Reviewed by marumala srinu on 8:28 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.