जता रितु उतै दर्शक
दाङ–घोराही महोत्सवमा उद्घोषकले आधुनिक पप गायीका रितु कणेलको नाम र उनको प्रशंसा गर्दै स्टेजमा के बोलाएका थिए यत्रतत्र छरिएका दर्शकपनि स्टेजतर्फ अग्रसर भए । छोटो समयमा आधुनिक पप गायन क्षेत्रमा राम्रो पक्कड जमाउन सफल भएकी रितुको खुबीले सबैलाई अचम्मित बनाएको थियो । उद्योग बाणीज्य संघ दाङ्ले घोराहिमा आयोजना गरेको घोराहि महोत्सवको सांङ्गीतिक यात्रामा भाग लिन दाङ पुगेकी गायिका रितुले प्रस्तुत गरेका गितमा उपस्थित दर्शकले मज्जैले नाच्न भ्याए ।
अवसर र चुनौतिका विच गायन क्षेत्रलाई अंगालेकि रितुले छोटो समयमा नै आफुलाई दर्शक माझ लोकप्रिय गायीकाका रुपमा उभ्याउन सफल भएकी छन् ।
केहि महिना देखि रितुलाई स्टेज प्रोग्रामहरुमा जान भ्याइ नभ्याइ भएको छ । एक हप्ता अगाडि मात्रै उनी हेटौडा, स्याङ्जा, पोखरा हुदै दाङ्को घोराही महोत्सवमा पुगेकी हुन् ।
गायीका रितु यतिवेला दर्शकको मागका विच आयोजकको तानातानमा परेकी छन् । उनले घोराही महोत्सवमा मायाँ यस्तै रैछ, आउन आउ, आइलभको शब्द जस्ता थुप्रै गित प्रस्तुत गरेकी थिईन् । उनले गीत गाइरहदा कतिपय दर्शकले स्वरमा स्वर थपिरहेका थिए भने कति दर्शक नाच्नमा व्यस्त थिए ।
गायीका रितुले आफ्नो “बतास एल्बम” चाडै दर्शकमा बजारमा आउन लागेको बताइन् । आफैले म्युजिक भिडियोमा खेलेकी रितुले एक हस्तामा दर्शकमाझ सार्वजनीक गर्ने बताइन् । उनको उक्त पप एल्बममा माया पिरतीका विषय उठान गरिएको छ ।
जता रितु उतै दर्शक
Reviewed by marumala srinu
on
8:31 PM
Rating:

No comments: