Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

देशभर जाग्यो वाइसियल , हज्जारौको संख्यामा उत्रियो जनसागर

प्यूठान । एक नं को पार्टी बनाउने भन्दै देशव्याी अभियानमा रहेको एमाओवादी को युवा संगठन वाइसिएल नेपाल पनि यतिवेला देशव्यापी अभियानमा जुटिरहेको छ । यसैक्रममा शनिबार प्यूठानमा वाईसियल नेपालको चौथों जिल्ला सम्मेलनमा हज्जारौको संख्यामा जनसागर उत्रिएको छ ।
कल्पना गरिएको भन्दा निकै ठुलो जनसहभागिता भएपछि हलमा आयोजना गरिएको कार्यक्रम चउरमा सारिएको थियो ।
कार्यक्रममा उपस्थित हज्जारौ जनसमुदायलाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि शक्ति बहादुर बस्नेतले निकै ठुलो त्याग र बलिदानबाट नयाँ संविधान आएकाले संविधान कार्यान्वयनमा दृडतापूर्वक लाग्नुपर्ने बताए । उनले माओवादीको दश वर्षे जनयुद्ध र जनआन्दोलनबाट सिहंदरवार केन्द्रित सत्ता संघियताले जनतामा पठाएको भन्दै प्राप्त उपलब्धिलाई रक्षा गर्दै कार्यन्वयन गर्न पनि अब माओवादी नै चाहिने दावी गरे ।
कार्यक्रमका विशेष अतिथि तथा वाइसियलका महासचिव दिपशिखाले कार्यक्रमलाई संवोधन गर्दै आफुहरुले लडेर गणतन्त्र ल्याएको भन्दै गणतन्त्र ल्याउन लडेबापत जेल नजाने उद्घोष गरे । उनले भने , ‘ म गृहमन्त्रीलाई साक्षी राखेर भन्छु , ‘ हामीले लडेर गणन्त्र ल्याए बापत जेल जाँदैनौ । ’ उनले दोस्रो संविधानसभाको चुनाव हार्नुको कारण माओवादी विग्रिएर नभइ विप्लव र वैद्यले वम पड्काएर पनि भएको भन्दै विग्रिएको भए उनीहरु कहाँ सप्रिए जनतालाई देखाउन चुनौति दिए ।
उनले गणतन्त्र माधव नेपालले जुँगा हल्लाएर र कांग्रेसीले पशुपतिमा रामनाम जपेर आएको नभइ माओवादीले लडेर ल्याएको हो भन्दै अव त्यसको कार्यन्यनमा लाग्नुपर्ने बताए ।
कार्यक्रमा अतिथिहरू सत्या पहाडी ,कृष्णध्वज लागएतले पनि मन्तव्य राखेका थिए । सम्मेलन आजै सम्पन्न हुने बताईएको छ । आजैका दिन सोलुखुम्बु र सिन्धुलिमा पनि वाइसियल नेपालको सम्मेलन भइरहेको छ ।

देशभर जाग्यो वाइसियल , हज्जारौको संख्यामा उत्रियो जनसागर Reviewed by marumala srinu on 7:59 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.