Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

फेसबुकमा बनाएको साथीलाई भरोसा गर्दा……

काठमाडौं । पछिल्लो समय विकास भएको सामाजिक सञ्जाल फेसबुकले सबैको दैनिकी रुपमा सारथी नै बन्न पुगेको छ । बालबालिका देखी वृद्धाहरुसम्म सबैलाई मनमष्तिकमा पस्न सफल भएको छ ।सामाजिक सञ्जाल फेसबुक विकासुंगै अपराध समेत मैलाउदै गएको छ । केही यस्ता फरक तर जटिल घट्न थालेको छ । जुन विस्वास गरेर सबैमा आफ्नै इज्जेतमा दाग लाग्नेसम्मको काम हुन थालेको छ । पछिल्लो समय विस्वास गरेर फेसबुकमा अश्लील गफदेखि लिएर नग्न फोटोसम्म पठाउँदा केहीको ईज्जेत त ग¥यो नै घरनघाट सम्म भएका छन् ।

घट्ना नम्वरः १

केही दिनअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा नुवाकोटकी सम्झना (नाम परिवर्तन) विलाप गर्दै उजुरी लिएर पुगिन् । एक युवकबाट ‘इमोस्नल ब्ल्याकमेलिङमा परेपछि उनी उजुरी दिन पुगेकी थिइन्।

‘सर म बर्बाद भएँ, मेरो इज्जत बचाइदिनुपर्यो भन्दै सम्झनाले प्रहरीसामु हात जोडेपछि ब्युरोले समस्याबारे सुनाउन आग्रह गर्यो। सम्झनालाई आफू मलेसियामा रहेको बताउने युवाले फेसबुकमा साथी बन्न सन्देश पठाएका थिए । सम्झना फेसबुकमा साथीमात्रै बनिन्, फोन नम्बरसमेत साटासाट गरिन्। फेसबुकमा अश्लील गफदेखि लिएर नग्न फोटोसमेत पठाइन् । दुईतीन महिना फेसबुकमा च्याटदेखि लिएर फोनमा बिहेसम्म गर्ने बाचा गरेकी सम्झनालाई गत चैतमा युवकले नौलो सन्देश पठाए, ‘एउटा उपहार पठाइदिएको छु, रिसिभ गर्नू।

कौतूहलतमा डुबेकी सम्झनाले उपहारबारे बुझ्न खोज्दा दुई लाख रुपैयाँ लाग्ने जानकारी पाएपछि हटिन् । एक सातासम्म दुवैबीच फोनमा र फेसबुकमा कुरा भएन। पछि फोन गरेर ती युवकले ‘मैले तीन लाख रुपैयाँ पर्ने सामान पठाउँदा किन नबुझेको मेरो पैसा फस्ने भयो छिटो बुझ भनेर धम्कीपूर्ण भाषा प्रयोग गरे।

दुई लाख एकैपटक जुटाउन नसकेपछि सम्झना सामान बुझ्न गइनन्। पुनः फोन गरेर युवकले ‘तिम्रो नग्न फोटो र फेसबुकमा पठाइएका अश्लील सन्देश मसँग सबै सुरक्षित छ । सामान बुझेनौ भने तिम्रा साथीलाई फेसबुकमा पठाएर भाइरल बनाइदिन्छुु भनेर धम्क्याएपछि ती महिला सीआईबीमा पुगेकी हुन्।

सीआईबीका प्रमुख डीआईजी नवराज सिलवालले सम्झनामाथि परेको यो घटना एउटा उदाहरणमात्रै भएको बताए। उनले थुप्रै महिला यसैगरी ठगिँदै आएको र सीआईबीले चारवटा घटनामाथि अनुसन्धान गरिरहेको जानकारी दिए।

उनले भने, ‘चिनजान नभएका युवकसँग आफ्ना गोपनीयता खोतल्दा सम्झनाले बेइज्जती मात्रै होइन मानसिक तनाव सहनुपर्यो, यो एउटा प्रतिनिधि घटनामात्रै हो। अहिले फेसबुकको दुरुपयोग गरेर अपराध गर्ने क्रम बढ्दो छ।ु डीआईजी सिलवालले मलेसियामा बसेका युवाको सम्बन्धमा अनुसन्धान भइरहेको बताए।

 

घटना नम्वर : २
सीआईबीले नै अनुसन्धान गरिरहेको अर्को घटना रोचक छ। दोलखाकी राधिका (नाम परिवर्तन) ले काठमाडौंका एक किशोरलाई फेसबुकमा म्यासेज पठाएर साथी बन्न अनुरोध गरिन्। ती किशोरले राम्री युवती देखेपछि साथी बन्न स्वीकार गरे।

घरपरिवार र बिहेबारीबारे युवतीले सोधेपछि किशोरले सबै बताइदिए। सुरुमा राधिकाले अर्धनग्न तस्बिर फेसबुक म्यासेन्जरमा पठाइदिन् । ती किशोरले पनि आफ्ना नग्न तस्बिर म्यासेन्जरमा पठाइदिए। दुवैबीच फोनमा लामो गफ हुन थाल्यो।राधिकाले पाइन्टबाट सुरु गरेर स्कुटरसम्म खरिद गरिदिन आग्रह गरिन्। किशोरले पाइन्ट, सारी आदि कपडा त खरिद गरिदिए तर स्कुटर किन्न पछि हटे। राधिकाले फेसबुमा ती किशोरले पठाएका नग्न तस्बिरदेखि अश्लील च्याट परिवार र अन्य साथीलाई सार्वजनिक गरिदिने धम्की दिइन्। केही सीप नलागेपछि ती किशोर सीआईबी पुगेको जानकारी डीआईजी सिलवालले दिए।

पछिल्ला घटना यी प्रतिनिधी पात्रहरुमात्रै हुन् ।आर्थिक वर्ष २०७२र०७३ मा फेसबुक दुरुपयोगका १९ वटा उजुरीमाथि सीआईबीले अनुसन्धान गरेको थियो प्रहरी समेत उती नै चापमा उजुरी पर्ने गरेका छन् ।

फेसबुकमा आफू कसरी रहने सुरक्षित ?
फेसबुकमा अरूले ट्याग गरेको फोटो ट्याग नगर्ने।
अनावश्यक रूपमा फोटो अपलोड नगर्न।
स्टाटसमा आफ्नो मुभमेन्ट एवं लोकेसन ट्याग नगर्ने।
पासवर्ड समयसमयमा परिवर्तन गर्ने।
एउटै पासवर्ड अरू इमेल एकाउन्टमा नराख्ने।


फेसबुकमा बनाएको साथीलाई भरोसा गर्दा…… Reviewed by marumala srinu on 10:57 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.