Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

भूकम्पपछि आइएनजिओको खर्च ५४ प्रतिशत बढ्यो

काठमाडौंः गतवर्ष गएको भूकम्पपछि नेपालमा सहयोग गर्दै आएका अन्तराष्ट्रिय गैर सरकारी संस्था(आइएनजिओ) सहयोग रकम र तीनको संख्यामा बृद्धि भएको देखिएको छ । 
 
अर्थमन्त्रालयले सार्वजनिक गरेको विकास सहायता प्रतिवदेदन अनुसार गत आर्थिक वर्ष २०७१-७२ मा अघिल्लो वर्ष २०७०-७१ को तुलनामा आइएनजिओको नेपालमा गर्दै आएको खर्च ५४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७०-७१ मा आइएनजिओ मार्फत सात अर्ब ६० करोड भित्रिएकोमा आर्थिक वर्ष २०७१-७२ मा ११ अर्ब ६८ करोड ९० लाख रुपैयाँ आएको छ । ‘ 
 
गतवर्ष गएको भूकम्पपछि आइएनजिओ मार्फत आउने सहायता बढेको छ । केही नयाँ आइएनजिओहरुमा पनि सहयोग गर्नका लागि आएका छन्’,अर्थमन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा भनेको छ ।
 
अर्थमन्त्रालयका अनुसार सबैभन्दा बढी नेपालमा सहयोग गर्ने आइएनजिओमा सेल दि चिल्ड्रन रहेको छ । गत आर्थिक वर्ष २०७०-७१ मा सेभ दि चिल्ड्रनले दुई अर्ब ९० लाख रुपैयाँ नेपालको लागि सहयोग गर्ने भनेर ल्याएको छ । 
 
यस्तै दोस्रो नम्बरमा रहेको वल्र्ड भिजनले एक अर्ब २३ करोड,तेस्रोमा युनाइटेड मिसन टु नेपालले एक अर्ब १० करोड र चौथोमा रहेको प्लान नेपालले ९३ करोड ल्याएको छ ।
 
क्षेत्रगत आधारमा आइएनजिओले स्वास्थ्य क्षेत्रमा दुई अर्ब ६५ करोड,शिक्षामा दुई अर्ब ३६ करोड रुपैयाँ खर्च गरेका छन् । यस्तै एक अर्ब २४ करोड सामाजिक काममा,एक अर्ब ११ करोड महिला तथा बालबालिकाको लागि खर्च गरेको अर्थमन्त्रालयको प्रतिवेदनमा देखिन्छ ।
 
अर्थमन्त्रालयका अनुसार काठमाडौं जिल्लामा सबैभन्दा बढी परियोजना काठमाडौंमा ३१ वटा छन् । यस्तै सिन्धुपालचोकमा २४,बर्दिया र ललितपुरमा १८,बाँकेमा १७,चितवन र कैलालीमा १६ र धादिङ र नवलपरासीमा १५ वटा रहेको छ । 
 
रकमको आधारमा सबैभन्दा बढी खर्च काठमाडौंमा ५४ करोड खर्च गरेका छन् । यस्तै कैलालीमा ४८ करोड,सिन्धुपालकोचमा ३९ कारोड खर्च गरेका छन् ।
 
अर्थमन्त्रालयका अनुसार गत वर्ष नेपाललाई एक अर्ब १३ करोड अमेरिकी डलर(एक खर्ब १३ अर्ब) रुपैयाँ प्राप्त भएको छ । आर्थिक वर्ष २०७०-७१ को तुलनामा बैदेशिक सहायतामा खासै बृद्धि नभएको देखिएको छ। आर्थिक वर्ष २०७०-७१ एक अर्ब तीन करोड अमेरिकी डलर (एक खर्ब तीन अर्ब ) प्राप्त भएको थियो ।
 
गतवर्ष प्राप्त भएको सहायतमा ९० प्रतिशत हिस्सा बहुपक्षिय र द्धिपक्षिय दातृ निकायबाट प्राप्त भएको छ भने १० प्रतिशत हिस्सा आइएनजिओबाट प्राप्त भएको छ । 
 
जस अनुसार एक खर्ब दुई अर्ब ७५ लाख द्धिपक्षिय र बहुपक्षिय दातृ निकाबाट र ११ अर्ब ६८ करोड अन्तराष्ट्रिय दातृ निकायबाट प्राप्त भएको छ ।
 
यसरी प्राप्त भएको रकममा दुई सय ३४ वटा परिरयोजना बैदेशिक सहयोगमा सञ्चालन भएको र एक ६५ वटा प्राविधिक सहायता ऋणमा ४३ वटा परियोजना सञ्चालनमा रहेका छन् ।
 
बैदेशिक सहायतमा अनुदानको हिस्सा ५८ ्रतिशत,ऋणको २४ तथा प्रविधक सहायताको १८ प्रतिशत हिस्सा रहेको छ । अघिल्लो वर्षको तुलनामा ऋणको तुलनामा अनुदानको हिस्सा घटेको देखिएको छ ।
 
नेपाललाई सहयोग गर्ने विकास साझेदारमा सबैभन्दा अगाडि गतवर्ष विश्व बैंक देखिएको छ । विश्व बैंकले गतवर्ष १८ करोड ८१ लाख अमेरिकी डलर(१८ अर्ब ८१ करोड नेपाली रुपैयाँं) सहयोग गर्दै बहुपक्षिय दातृ निकायमा अगाडि रहेको छ ।
 
विश्व बैंक पछाडी एशियालीी बैंक १४ करोड ७८ लाख(१४ अर्ब ७८ करोड नेपाली रुपैयाँ) सहयोग गर्दै दोस्रो स्थानमा रहेको छ ।
 
दिपक्षिय विकास साझेदारमा बेलायत १६ अर्ब ८० करोड सहयोग गर्दै पहिलो स्थानमा रहेको छ । त्यसपछि युसएआईडी १३ अर्ब २३ करोड सहयोग गर्दै दोस्रो स्थामा रहेको छ ।
 
अघिल्लो वर्षमा शिक्षा क्षेत्रमा रहेको प्राथमिकता स्वास्थ्य क्षेत्रमा परिवर्तन भएको देखिएको छ । गतवर्ष विकास साझेदारले १७ अर्ब ७७ करोड स्वास्थ्य क्षेत्रमा प्राप्त भएको छ । स्थानिय विकासमा १२ अर्ब ४९ करोड तथा शिक्षा क्षेत्रमा ११ अर्ब ३६ करोड प्राप्त भएको छ ।
 
प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले विकास साझेदारहरुको सहयोगको विषयलाई प्रतिवेदनले औल्लाएको हुँदा यसबाट आउने सुझावको आधारमा सहायता नीतिलाई परिवर्तन गर्ने र साझेदार संस्थालाई पनि सहयोगी हुने बताए ।


भूकम्पपछि आइएनजिओको खर्च ५४ प्रतिशत बढ्यो Reviewed by marumala srinu on 11:29 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.