Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

७२ वर्षे बृद्धको दैनिक १५ सय कमाई

रोल्पा –आजभोलि रोल्पा सदरमुकाम लिबाङमा ‘स्टोवरी’ (भूँइलिची) बेचिरहेका एक बृद्ध भेटिन्छन् । झोलामै अटाउने तराजुमा भूँइलिची तौलिरहेका बृद्धका वरिपरि विद्यार्थी केटाकेटीहरु झुम्मिएका देखिन्छन् । ‘कसरी हो ?’ ‘२५ को १०० ग्राम’ सोध्न नभ्याउँदै जवाफ तयार बनाएका उनी जसलाई पनि फ्याट्ट उत्तर 

धबाङ–६, धाङ्सीबाट अढाई घण्टाको बाटो हिँडेर सदरमुकाम लिबाङमा भूँइलिची बेच्न आउने भिउराज बुढाको दैनिकी आजभोलि धबाङ–लिबाङ गर्दैमा वित्छ । उमेरले ७२ वर्ष पुगिसकेका भिउराज अझै हिम्मतिला देखिन्छन् । भन्छन् ‘नेपाल खाइसकेको मान्छे पो हुँ ।’ आफूले उत्पादन गरेका विभिन्न फलफूल बेच्न उनी बैतडी, जुम्ला, मुस्ताङहुँदै इलामसम्म पुगेका छन् । त्यतिमात्र होइन भारतको विभिन्न ठाउँमा समेत कामको शिलशिलामा पुगिसकेको उनी बताउँछन् ।

‘ढकिया’भरि भूँइलिची बोकेर एकाबिहानै लिबाङ झर्ने भिउराजले दैनिक १५ सय माथिको व्यापार गर्छन् । उनकाअनुसार मासिक ४५ हजारसम्मको कमाई हुन्छ । भारतको हिमाञ्चल प्रदेशबाट ल्याएका भूइँलिचीबाट आफ्नै बारीमा अहिले हजारौं बोटको खेती गरिरहेका छन् । ‘५ बोट लिएको हुँ, एकैचोटी १ सय १२ बोटमा फैलियो ।’ हसिलो चेहेरा बनाउँदै उनले भने । दुईवर्षदेखि भूइँलिची उत्पादनमा लागेका देउराजको अहिले तीनवटा बारीभरि विरुवा छन् ।

भिउराज बुढा स्थानीय हरियाली अलैची कृषक समूहमा समेत आवद्ध छन् । ‘समूूह मार्फत् कृषिबाट पनि केही सल्लाह लिने गरेको छु’ उनले भने ‘तर औपचारिक तालिम भने लिएको छैन ।’ भिउराजलाई मान्छेहरुले परिश्रम गर्न डराएकोप्रति थकथक लाग्छ । ‘ढाँटेर, छलेर, लुटेर मात्र मान्छेले पैसा कमाउन खोज्छन् । श्रम गर्नुपर्छ, श्रम ।’ भूँइलिची किन्नेहरुको भीड अलि कम भएपछिको व्याख्या हो यो उनको । उनी अझै थप्छन् ‘यो ठाउँ भनेको बोटविरुवा, फलफूल उत्पादन हुने ठाउँ हो । तर मान्छेहरुलाई थाहा छैन ।’

१ छोरा र १ छोरीमध्ये छोरी स्थानीय भनभने विद्यालयका स्थायी शिक्षिका छिन् भने छोरा कृषक । एकै छोरासँग समेत छुट्टीएर अलग्गै बसिरहेका भिउराजको मुख्य पेशा खेती किसानी नै हो । ‘बुढी छ, गोरु भैंसी पालेको छु’ उनले भने ‘बुढेसकालमा पनि आफै बारी जोत्छु ।’ यसका अलवा उनले अलैची खेती समेत गरेका छन् ।

यता जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत किशोर प्रसाद पन्तले कृषकहरु कसैले चाहेमा आफूहरुले फलफूल तथा अन्य बिरुवाहरु निःशुल्क उपलब्ध गराउने बताए । बजेट पर्याप्त भए पनि कृषकको चासो कम भएको उनको भनाई छ ।

२००१ सालमा जन्मिएर उमेर ढल्किसकेको अवस्थामा पनि आफ्नै परिश्रममा रमाउने देउराज ‘विदेशी गाउँ’का युवाहरुका लागि उदाहरण हुन् । अहिले गाउँपिच्छे ‘परदेशी युवा’ भेटिन्छन् । ‘कालापार’ (भारत)मा पसिना बगाएर पनि नथाकेका भिउराजलेजस्तै विदेशमा भौंतारिरहेका युवाहरुले पनि सिक्न जरुरी छ ।



७२ वर्षे बृद्धको दैनिक १५ सय कमाई Reviewed by marumala srinu on 12:29 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.