२७ वर्षअघि फुटबल स्टेडियममा ९६ जनाको ज्यान गएको घटना नरसंहार ठहर
१५ – २७ वर्षअघि एफए कप फुटबलको सेमिफाइनल हेर्न गएका ९६ जना दर्शकको ज्यान गएको घटनालाई बेलायतको एक अदालतले गैरकानूनी हत्या ठहर गरेको छ ।
अघि सन् १९८९ को १५ अप्रिलमा सेफिल्डको हिल्सबोरा स्टेडियममा लिभरपुल र नोटिङहम फरेस्टबिचको खेल हेर्न गएका ९६ जना फुटबल प्रशंसकको भिडमा च्यापिएर ज्यान गएको थियो ।
यो घटनाको विषयमा त्यसबेला नै छानबिन भयो र सन् १९९१ मा यसलाई दुर्घटनाको रुपमा ब्याख्या गरियो । तर सन् २०१२ मा भएको स्वतन्त्र जाँचबाट प्रहरीले आफ्नो
असक्षमता लुकाउन पीडितलाई नै घटनाको कारण मान्दै दुर्घटनाको नाम दिएको पुष्टी भयो । त्यसपछि अदालतमा विशेष इजलास बनाएर पीडितको पक्षमा सुनवाइ सुरु भयो ।
बेलायतको एक अदालतले यो घटना दुर्घटना नभएर गैरकानूनी हत्या भएको भन्ने फैसला मंगलबार सुनाएको हो । पीडितले २७ वर्षपछि न्याय पाएका छन् ।
पीडितका परिवारले यो फैसलाप्रति सन्तोष व्यक्त गरेका छन् । फैसला सुनाउने इजलासले खेलका कमान्डर सुपरिटेन्डेन्ट डेविड डुकेनफिल्डलाई ठूलो लापरवाहीका कारण भएको नरसंहारका लागि जिम्मेवार ठहर गरेको छ ।
सुरक्षाका लागि खटिएका प्रहरीको गल्ती पनि धेरैको ज्यान जानुको मुख्य कारण रहेको फैसलामा उल्लेख छ । बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले यो विषयमा न्यायका लागि अभियान चलाउनेप्रति आभार व्यक्त गर्नुभएको छ ।
स्टेडियममा रहेको भिडका कारण निसासिएर धेरैको तत्कालै ज्यान गएको थियो भने केहीको पछि । ९६ औं पीडितको रुपमा सन् १९९३ मा टोनी ब्लान्डको ज्यान गएको थियो । उनको श्वासप्रवाश्वमा भएको अवरोधका कारण मस्तिष्क काम नलाग्ने भएर ज्यान गएको हो ।
यसअघि भने लिभरपुलका समर्थकको गल्तिका कारण धेरैको ज्यान गएको निश्कर्ष निकालिएको थियो । स्टेडियमको क्षमता भन्दा धेरै प्रशंसक पुग्दा घटना घटेको थियो ।
२७ वर्षअघि फुटबल स्टेडियममा ९६ जनाको ज्यान गएको घटना नरसंहार ठहर
Reviewed by marumala srinu
on
12:56 AM
Rating:
No comments: