Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

आमाको उपचार गर्न आएका भण्डारी शव बनेर फिर्ता

नेपालगन्ज–आमाको उपचारका लागि आएका बर्दिया, ताराताल नगरपालिका–८ का भीमबहादुर भण्डारीको भेरी अञ्चल अस्पतालको इमेरजेन्सी भवनबाट लडेर मृत्यु भएको छ। 

मधेमेह रोगका बिरामी आमा ६८ वर्षीया देवीसरालाई उपचारका लागि उनी ३ दिनअघि अस्पताल आएका थिए। इमेरजेन्सी भवनको दोस्रो तलाबाट मंगलबार राति साढे ८ बजे लडेका भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाके मुद्दा शाखा इन्चार्ज, प्रहरी निरीक्षक बीरबहादुर थापाले जानकारी दिए।

मृतकको शवलाई पोष्ट मार्टमका लागि अस्पतालको शवगृहमा राखिएको उनले बताए । 'पोष्टमार्टम पश्चात परिवार र आफन्तले आजै शव लैजानुहुन्छ,' प्रहरी निरीक्षक थापाले भने। परिवारका सदस्यले कसैले हत्या गरेको आशंका गरेपछि अनुसन्धान प्रक्रियालाई सुक्ष्म ढंगले अनुसन्धान गर्ने प्रहरीले प्रतिवद्धता जनाएपछि पोष्टमार्टम गराउन सहमति भएको उनले बताए । घटनाको प्रारम्भिक अनुसन्धान गर्दा कसैसँग विवाद भएको नदेखिएको प्रहरी निरीक्षक थापाको भनाइ छ। प्रत्यक्षदर्शीको भनाई उदृद्ध गर्दै मृतक भण्डारीले 'मदिरा सेवन' गरेको पाइएको प्रहरीले जनाएको छ ।

अस्पतालका अनुसार मृतककी आमाको स्वास्थ्यमा सुधार आइसकेकाले बुधबार डिस्चार्ज गर्ने तयारी थियो । डिस्चार्ज भएर फर्किने समयमा छोराको शव लिएर घर फर्किनु पर्दा देवीसरा शोकमा छिन्। मृतकका भाइ हेमन्त भण्डारीले नियोजित रुपमा दाईलाई कसैले 'धकेलेर हत्या' गरेको दाबी गरेका छन्। 'करिव ६० मिटर पर दाइको चप्पल र टर्च फेला परेको छ,' उनले भने, 'इमेरजेन्सी भवनको दोस्रो तलाको कुनामा पनि रगतको टाटो देखिएको छ, यसकारण कसैले कुटपिट गरी घाइते बनाएर झ्यालबाट फ्याँकेको हाम्रो अनुमान छ ।'

आमाको उपचार गर्न आएका भण्डारी शव बनेर फिर्ता Reviewed by marumala srinu on 12:17 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.