Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पोखराको प्याराग्लाईडिङ्ग आजदेखि चल्ने

कास्की, १६ वैशाख - गएको ८ दिनदेखि ठप्प भएको पोखराको प्याराग्लाईडिङ्ग बिहीबारदेखि फेरि सञ्चालनमा आउने भएको छ।

प्याराग्लाईडिङ्ग पाइलटले उडान गरे बापत मासिक रुपमा पटके शुल्क तिर्ने प्रावधान खारेजीको माग गर्दै ठप्प पारेको प्याराग्लाईडिङ्ग, नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको मौखिक सहमतिपछि फेरि सञ्चालन हुन लागेको हो।

पटके शुल्क खारेजीको माग गर्दै काठमाडौं पुगेका पोखराका प्याराग्लाईडिङ्ग व्यवसायीसँगै प्राधिकरणले वैशाख महिनाभित्रमा उडान शुल्कको विषयमा नियमावलि संशोधन गर्ने मौखिक सहमति गरेको प्याराग्लाईडिङ्ग कम्पनी तथा पाइलटहरुको संस्था नेपाल हवाई खेलकुद संस्था नाका अध्यक्ष योगेश भट्टराईले बताए। प्राधिकरणको मौखिक आश्वासन आएपछि आफूहरुको आन्दोलन तत्कालका लागि स्थगित भएको भट्टराईको भनाई छ।

नाका महासचिव बसन्तराज दवाडीले नागरिक उड्डयन कार्यालयले लाइसेन्स वितरण गरेर मासिक रुपमा उडान शुल्क लिनु व्यवहारिक नभएको भन्दै वैशाखभित्र पनि शुल्कको विषयमा नियमावलि संशोधन नभएमा अदालत जाने चेतावनी दिए।

प्राधिकरणले भने पटके शुल्क नतिर्ने पाईलटहरुलाई उडान गर्न नदिने बताएको छ। आफूहरुको अनुगमनका क्रममा शुल्कबिना उडान गरेको भेटेमा कारबाही गरिने पोखरा नागरिक उड्डयन कार्यालयका प्रमुख दिपक बरालले बताए।

पहिलोपटक उडान शुल्क नतिरि उडान गरेको भेटेमा ५ हजार, दोश्रोपटक १० हजार, तेश्रोपटक १५ हजार र त्यसपछिपनि उडान शुल्क नतिरी उडान गरेको पाईए लाईसेन्स नै खारेज हुने बरालको भनाई छ। 
पोखराको प्याराग्लाईडिङ्ग आजदेखि चल्ने Reviewed by marumala srinu on 11:42 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.