भोज खाँदा १ को मृत्यु, ४९ जना विरामी
मिडिया एनपी, काठमाडौं, १६ बैशाख । नुवाकोटमा जन्म दिनको भोज खाँदा एक जनाको मृत्यु भएको छ भने ४९ जना विरामी भएका छन् । नुवाकोटको काहुले –६ का सन्तबहादुर तामाङको छोराको जन्मदिनको भोज खाएका स्थानीय ३० वर्र्षीय मेघबहादुर तामाङको उपचारका क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
विरामी परेका ४९ मध्य त्रिशूली जिल्ला अस्पतालमा ३८ र नुवाकोट सिटी अस्पतालमा ११ जनाको उपचार भइरहेको छ । उनीहरु खतरामुक्त रहेका छन् ।
मङ्गलबार साँझ भोज खाएका उनीहरु बुधबार बिहानदेखि बिरामी पर्न थालेपछि अस्पताल लगिएको थियो । भोजमा दाल, भात, तरकारी, कुखुरा, राँगोको मासु, रक्सी सेवन गरेका बताइएको छ । भोजमा खुवाइएका बाँकी खानाको परीक्षण भइरहेको छ ।
भोज खाँदा १ को मृत्यु, ४९ जना विरामी
Reviewed by marumala srinu
on
11:51 PM
Rating:

No comments: