जहाजको उडान छैन, मासिक खर्च भने लाखभन्दा बढी
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यालय वीरगन्जमा छ भन्ने धेरैलाई थाहा छैन ।
थाहा होस् पनि कसरी २०७२ साल भदौदेखि औपचारिक रुपमा सञ्चालनमा आउको निगमको कार्यालयले आठ महिनामा एउटा पनि उडान नगरी मासिक एक लाख भन्दा बढी खर्च गर्दै आइरहेको छ ।
सिमरा विमानस्थलबाट २०५५ सालसम्म नियमित उडान गर्दै आएकोमा विमानको अभाव तथा वायुसेवामा निजी क्षेत्रले प्रवेश पाएपछि निगमले २०५६ सालदेखि आफ्नो सबै उडान रद्ध गरी वीरगन्ज कार्यालय बन्द गरेको थियो ।
निगमले १८ वर्षपछि सिमारा विमान स्थलबाट पुनः नियमित उडान गर्ने निर्णय गरी भदौ १ गतेदेखि वीरगन्जको व्यावसायिक क्षेत्र आदर्शनगरमा कार्यालय स्थापना गरी सेवा सुचारु गर्ने निर्णय गरे पनि हालसम्म निगमले एउटा पनि उडान भर्न सकेको छन ।
कार्यालयका चारजना कर्मचारी दिनहुँ बिहान १० बजेदेखि साझ पाँच बजेसँा कार्यालायमै समय बिताउने गरेका छन् । गोरखापत्र दैनिकमा समाचार छ ।nepaliheadlines

No comments: