पाकिस्तानमा सिख नेताको हत्या
पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा अज्ञात समूहले मुख्यमन्त्रीका सल्लाहकार सरदार सूरन सिंहको हत्या गरेका छन् । उनी प्रान्तीय विधानसभा सदस्य पनि हुन् ।
शुक्रबार साँझको समयमा सिंह बुरेन शहरमा रहेको आफ्नो घर जाँदै थिए, त्यही बेला उनीमागि गोली प्रहार भएको छ ।
प्रहरीका अनुसार टाउकोमा गोली लागेको थियो । र, अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको छ । पुलिसले उक्त इलाकालाई घराबन्दी गरेको छ । र , हत्यामा टारगेट किलिंगको आशंका गरेको छ ।
सरदार सूरन सिंह पाकिस्तान तहरीक ए इन्साफका प्रान्तीय विधानसभामा विधायक थिए । उनी २०११ मा पाकिस्तान तहरीक ए इन्साफमा आवद्ध भएका थिए ।
साथै अल्पसंख्यक मामिलामा मुख्यमन्त्रीका सल्लाहकार पनि थिए । उनी सिख समुदायका महत्वपूर्ण व्यक्ति थिए । उनी पेशाले डाक्टर समेत हुन् ।
पाकिस्तानमा सिख नेताको हत्या
Reviewed by marumala srinu
on
8:25 PM
Rating:
Reviewed by marumala srinu
on
8:25 PM
Rating:


No comments: