Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

जापानले बनाउँदैछ आँखाले नदेखिने रेल


प्रविधिको क्षेत्रमा विश्वमा सबैभन्दा अगाडि रहेको देश जापानले अब रेल यातायातमा अविश्वसनीय प्रविधिको विकाश गर्दैछ । अब जापानले बनाएका त्यस्ता रेलहरु निकट भविष्यमा लिकमा दौडिनेछन् जसलाई हामीले आँखाले देख्न सक्नेछैनौँ ।
टेलिग्राफ पत्रिकाका अनुसार सन् २०१८ बाटै यस्ता अदृश्य रेल संचालनमा ल्याउने जापानको योजना छ । यो अदृश्य रेलको डिजाइन विश्वचर्चित जापानी डिजाइनर काजुयो सेजिमाले गरेकी हुन् ।
जापानको सेइबु ग्रुप कम्पनीले यो रेलको निर्माण गर्नेछ । अद्भुत पारदर्शी हुने यो रेल शिशाबाट बनेको हुनेछ । शिशाबाट बनेको पारदर्शी रेल भएकै कारण जब यो दौडिनेछ तब मानिसको आँखाले यसलाई देख्न कठीन हुनेछ ।
जापानको उच्चगतिको रेल मार्गमा कुँदाउने योजना बनाइएको यो रेल १ सय ७८ किलोमिटर प्रतिघण्टाको गतिमा कुँद्नेछ । यसको नाम रेड एरो राखिएको छ । यसले राजधानी टोकियोलाई विभिन्न सहरसँग जोड्नेछ ।

जापानले बनाउँदैछ आँखाले नदेखिने रेल Reviewed by marumala srinu on 9:27 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.