Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

त्रिपुरा सुन्दरी मन्दिरमा एकबर्षमा चारलाख भेटी संकलन


वैशाख १६  
डोल्पा–डोल्पाको त्रिपुराकोट गाविसस्थित त्रिपुराकोटमा रहेको बाला त्रिपुरा सुन्दरी मन्दिरमा चार लाख भेटी जम्मा भएको छ ।
विजया दशमी र चैत्र अष्टमी गरेर एक लाख साठी हजार दुईसय पैतालिस जम्मा भएको र खर्च दुई लाख एक्काईस हजार सात सय बिस भएको पुजारी उमाकान्त न्यौपानेले बताए ।
दँशै बाहेक बाह्र महिनाको मासिक भेटी दुई लाख ४७ हजार सात सय ४० उठेकोमा खर्च एकलाख ९८ हजार पाँच सय ८० भएको न्यौपानेले बताए ।
नेपालकै प्रशिद्ध मन्दिर त्रिपुरा सुन्दरीमा भक्तजनहरुलाई खानबस्नको सम्पूर्ण व्यवस्थामा खाद्य उपभोग्यवस्तु खरिद गर्नुपर्ने हुँदा आम्दानीभन्दा खर्च बढ्ने गरेको उनले बताए ।
एकबर्षमा पाँच हजारभन्दा धेरै भक्तजनहरु मन्दिरमा पुजाआजाको लागि आउने पुजा व्यवस्थापन समितिले जानकारी दिएको छ ।
यसबर्ष पुजा व्यवस्थापनमा सबै खर्च छुट्याएर मन्दिरलाई ४१ हजार सातसय दश आम्दानी भएको समितिले जानकारी दियो ।
बुधवार गरिएको सम्पूर्ण सरोकारवालाहरुको भेलामा मन्दिरको भेटि सार्वजानिक गरिएको थियो ।
मन्दिरको पुजा व्यवस्थापन प्रत्येक बर्ष छ घर न्यौपाने थरका पुजारीले पालैपालो गर्दै आएका छन् ।


त्रिपुरा सुन्दरी मन्दिरमा एकबर्षमा चारलाख भेटी संकलन Reviewed by marumala srinu on 9:38 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.