Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अब बाह्रै महिना पाथिभरा मन्दिर जान सकिने

स्तरउन्नतीका लागि १० करोड विनियोजन
१४ वैशाख, ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथिभर मन्दिर पुग्ने मोटरबाटोको स्थर उन्नतीमा सरकारले चासो दिएको छ ।
दैनिक हजारौँको संख्यामा तिर्थयात्री हिड्ने मोटरबाटो कच्ची भएको कारण स्थर उन्नतीका लागि अर्थमन्त्रालयले यस वर्ष दश करोड रकम छुट्याएको छ ।
पाथिभरा जाने मोटरबाटो अन्तर्गत सुकेटार-पाथिभरा सडक खण्ड वर्षातको समयमा चल्न नसक्ने र तिर्थयात्रिले दर्शनका लागि कष्ठ भोग्नुपरेकोले यस सडकलाई बाह्रै महिना सञ्चालन हुने बनाउन हाल सम्मकै सबै भन्दा बढी रकम दश करोड रुपैयाँ विनियोजन भएको उत्तर दक्षिण (ताप्लेजुङ ओलाङ्चुङगोला खण्ड) लोकमार्ग योजनाका प्रमुख कुबेर नेपालीले बताए ।
धार्मिक तथा पर्यटनको दृष्टिकोणले महत्वपूर्ण स्थल भएकाले क्षेत्रीय तथा पर्यटकिय महत्वका सडकहरु निर्माण तथा स्थर उन्नती गर्ने सरकारको योजना अनुरुप यस वर्ष यो क्षेत्रमा लगानि गरीएको र यो रकमले बहुवर्षीय ठेक्काको प्रकृयाबाट काम गरीने अर्थमन्त्रालय अन्तर्गत बजेट तथा कार्यक्रम महासाखाका शाखा अधिकृत भिमकान्त न्यौपानेको भनाई छ ।
सडकको ट्र्याक खनि लामो समय सम्म जोखिमपुर्ण रुपमा साना गाडिमात्र चल्दै आएको यस सडक खण्डको स्थर उन्नती गर्न सरकाले पनि यस वर्ष देखि चासो दिएकाले सरोकारवा संस्था सँग छलफल गरी केहि समयमानै ठेक्का आवाहान गरीने लोकमार्ग योजनाका प्रमुख नेपालीले बताए । नेपालीका अनुसार सडकको स्थर उन्नती अन्तर्गत यस क्षेत्रको सडकमा दुईवटा गाडि आवतजावत गर्न सक्ने र बाह्रै महिना चल्न सक्ने बनाईनेछ ।
दैनिक हजारौ तिर्थयात्रि आउने यस पाथिभरामा जाने मोटरबाटो सुकेटार सम्म कालोपत्रे भए पनि यस भन्दा माथि कच्ची र सानो बाटो हुँदा पिकप भ्यान बाहेक अन्य सवारी साधन सञ्चालन हुन सकेको छैन । पिकप भ्यान मात्र चल्दा भ्यान सञ्चालकहरुले मनोमानि रुपमा भाडा लिदा तिर्थयात्रि ठगिर्दै आएका छन् भने भनेको समयमा यातायातका साधन नपाउँदा उनिहरु ठगिदै आएका छन् ।
सडको स्थर उन्नती भए सँगै तिर्थयात्रिलाई सहज हुने र तिर्थयात्रिको पनि चाप बढ्ने अपेक्ष गरीएको पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेलले बताए । यस क्षेत्रको सडक निर्माणमा सरकाले लगानि गरेको यो रकम हाल सम्मकै ठुलो रहेको पौडेलको भनाई छ ।

अब बाह्रै महिना पाथिभरा मन्दिर जान सकिने Reviewed by marumala srinu on 8:57 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.