बेलायत मा नेपाली को घर जलेर नष्ट
बेलायत को लेस्टरमा बस्दै आएका एक नेपाली मधुसुदन आचार्यको घर जलेर नष्ट भएपछि अहिले छिमेकीको घर मा शरण लिन पुगेका छन् । उनी लेस्टर को अपर टिजबोर्न स्ट्रिटको ३० नम्बर घरमा आफ्ना परिवार संग बस्दै आएका थिए ।
घरमा आचार्यका का साथ् मा उनकी पत्नी दुर्गा खनाल, छोरि प्रिन्सेस र छोरा प्रनिस बस्दै आएका थिए । बुधबार दिउसो बिजुली सट भई आगलागी हुदा लत्ताकपडा, ग्याजेट , पासपोर्ट, भिजा, लगायत सम्पूर्ण जिन्सी सामान जलेर पूर्ण रुपमा नष्ट भएको र आफु संग नगद पनि नभएकोले छिमेकीको घर मा शरणार्थी झैँ जीवन बिताई रहेको आचार्य ले बताए । परिवार को यो दुखद घडी मा सहयोग गर्न आचार्य ले बेलायतबासी नेपाली हरुमा अपिल पनि गरेका छन् ।
आचार्य बेलायत मा टियर टु भिजा मा पिज्जा हटमा काम गर्दै आएका छन् । घर को इन्सुरेन्स भएता पनि जिन्सी सामान को इन्सुरेन्स नहुदा परिवार मा अकल्पनीय संकट आइपरेको आचार्य ले बताए । आचार्य लाई सहयोग गर्न चाहनेले निम्न बैंकखाता मा दाखिला गर्न सक्नेछन ।
बेलायत मा नेपाली को घर जलेर नष्ट
Reviewed by marumala srinu
on
8:44 PM
Rating:

No comments: