Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पर्यटकका लागि नेपाल सुरक्षित र उत्कृष्ट गन्तव्य

एक्कासी नेपाल हल्लिएको खबर संसारभर फैलियो। ठूलो क्षति भएको खबर, तस्वीर र भिडियो फुटेजहरु सामाजिक संजालदेखि मूलधारका मेडियामार्फत फैलियो। देश, विदेश सर्वत्र अत्त्यास भो। खबर सुनेर, हेरेर आत्तिएका हज्जारौं आफन्तहरुको भिडमा आइसल्याण्डका एक अभिभावक पनि थिए होर्तुर स्मारासन।

२५ अप्रिल २०१५ को दिन थियो त्यो, नेपालमा सशक्त भूकम्पले धक्का दिएको दिन। एन्तोनिअस स्मारी आफ्ना केहि साथीहरुका साथ पश्चिम नेपालको पोखरा आसपास भएको खबर भुकम्पअघि अभिभावकले पाएका थिए। नेपाली समय ११:५६ मा भुकम्प गएपछि एन्तोनिअससंग सम्पर्क गर्न होर्तुरलाई ५ घण्टा लाग्यो।

पोखराकै होटलमा सुरक्षित छन् भन्ने सुनेपछि ढुक्क भयौं। शनिबार साँझ  आइसल्याण्डका होर्तुरले कोपन्हेगनको एक कार्यक्रमका लागि भनाइहरु राख्ने क्रममा शुरुवात आफ्नै अनुभवबाट गरे।

भूकम्पको एक वर्षे अवधिको समिक्षा, दिवंगत तथा घाइतेहरुप्रति सम्झना र सहानुभूति एबम पर्यटन प्रवर्द्धनको उद्देश्य राखेर डेनमार्कस्थित नेपाली दुतावासले कोपन्हेगनमा एक कार्यक्रम आयोजना गरेको हो। नेपाल पर्यटन बोर्डका लागि डेनमार्कका मानार्थ प्रतिनिधि सोम सापकोटाको सहयोगमा दुतावासले नेपाल नाउ क्याम्पेनको प्रवर्द्धन गरेको थियो। भूकम्पले नेपालको पर्यटनमा र त्यसका पूर्वाधारमा खास ठुलो असर नगरेको र नेपाल भ्रमण गर्न सुरक्षित रहेको सन्देश दिन नेपालको पर्यटन कार्यक्रमसँग जोडिएका विदेशी विशेषज्ञहरु समेत कार्यक्रमको आकर्षण थिए। सोहि क्रममा नेपाल नाउू केम्पेनमा अन्तर्राष्ट्रिय प्रतिनिधिका रुपमा समेत समर्पित होर्तुरले मिडियाको भूमिकामा जोड दिंदै भने( भुकम्पले गतिलो धक्का दिएकै थियो, जनधनको क्षति भएकै थियो, तर भुकम्प पछिको लामो समयसम्म पनि मिडियाले ध्वस्त भएको मात्रै खबर ज्यादा प्रवाह गरेर सान्त्वना भन्दा धेरै अत्यास पैदा गरे। होर्तुरको भनाइ थियो( विश्वको मनोविज्ञानमा नेपाल जोखिमपूर्ण छ भन्ने खबरले नेपालको अर्थतन्त्रमा विशेष भूमिका राख्ने पर्यटन व्यबसयलाई अझै तल झार्यो।

यसबीचमा एन्तोनियस्ले अरु देशको पनि भ्रमण गरेका तर भूकम्पका बेला आफू रहेको देश ९नेपाल० अरु कुनै देशभन्दा बस्नका लागि उत्कृष्ट रहेकोले भविष्यमा नेपाल जाने पुनस् योजनामा रहेको होर्तुरले सेतोपाटीलाई बताए। भने लगभग सबै ट्रेकिंग रुट, सबैजसो आरक्ष र निकुञ्जहरु, सबै होटल तथा अधिकांश पर्यटकीय क्षेत्रहरु जोखिमरहित छन् भने नेपाल भ्रमण गर्न केले रोक्छ रु लगभग आधा घन्टाको प्रेजेन्टेसन समेत प्रस्तुत गरेका उनले कार्यक्रमका सहभागी सबैलाई नेपाल भ्रमण गर्न प्रेरित गरे।

सन् २०१०/११ को आइस्ल्याण्डको भिषण ज्वालामुखी, त्यसबाट खस्केको अर्थतन्त्र र त्यसपछिको केहि बर्षका क्रमिक सुधारको अनुभव पनि बाँडे प्रकोप पछिको पुनर्निर्माणमा क्षतिग्रस्त संरचना अझै आधुनिक रुपरंग सहित निर्माण गर्ने अवसर प्राप्त हुन्छ, कहिलेकाहीं प्रकोपलाई पनि अवसरका रुपमा लिनु पर्छ र मिडियाले त्यस्तै प्रचार गरिदिनुपर्छ।ू

कार्यक्रममा दुइ बेलायती पत्रकार रिची जोन्स्तोन र निल मैक्लोलिनले आफ्नो २ महिने नेपाल भ्रमणको बेला तयार गरेको माउन्टेन म्युजिकू नामक डकुमेन्ट्री प्रस्तुत गरे। नेपाल सुन्दर र जैविक, संस्कृतिक बिबिधताको खानी भएको उनीहरुले प्रष्ट्याए।

नेपाली दुतावास डेनमार्कका प्रथम सचिव रामकाजी खड्काले ूनेपाल भ्रमण किन गर्नेू विषयमा विस्तृत जानकारीमुलक प्रस्तुति दिए। नेपालको भू-संरचना, कला-संस्कृति, स्रोत-साधन सबैको बेलिबिस्तार खड्काले लगाए।

 नेपाल पर्यटन बोर्डका डेनमार्क प्रतिनिधि सोम सापकोटाले कार्यक्रमको औचित्य प्रष्ट्याए। नेपाल नाउ को अर्थ अब नेपाल जान कुनै जोखिम छैन भन्दै नेपालमा थप पर्यटक आकर्षित गर्ने र लगानी बढाउने कार्यक्रमको औचित्य रहेको सापकोटाले खुलाए।  

सो अवसरमा राजदुत मुक्तिनाथ भट्टले स्मरण गरे म्याग्निच्युडका हिसाबले मेगा अर्थक्वाइक थिएन त्यो, तर संरचनाहरु र पहाडका भूबनोट कम्जोर हुनाले क्षति ज्यादा भयो। यसले अबको पुनर्निर्माणलाई पाठ सिकायो। पुनर्निर्माणका सरकारी तयारिहरुबारे भट्टले जानकारी दिए  

नेपाली प्रतिनिधि र अधिकारीहरुले मात्र नभई विदेशी भ्रमण विशेषज्ञहरुले समेत पर्यटकहरुका लागि नेपाल विश्वकै उत्कृष्ट र मितव्ययी गन्तव्य भएको तथा नेपालमा लगानीका अवसरहरु समेत भएको बताए ।


पर्यटकका लागि नेपाल सुरक्षित र उत्कृष्ट गन्तव्य Reviewed by marumala srinu on 8:47 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.