रुखमा बसीरहेको बाँदरले बचाइदियो ३० जनाको ज्यान
अचम्म मान्नु भयो होला, यो कुनै अन्धविश्वास होइन, न त कुनै चमत्कार नै भएको हो । भारतको बैंगलोरमा भएको सत्य घटना हो । गत शनिवार श्रीरंगापट्टनममा कावेरी नदीको तटमा एक धार्मिक अनुष्ठान भैरहेको थियो । जहा एकै परिवारका ३० भन्दा बढि मानिस सहभागी भइरहेका थिए ।
कावेरी नदीको पवित्र जलमा स्नान गरे पछि सबै मानिस जना एउटा आँपको रुख मुनि पुजाका लागि बसेका थिए । त्यो आँपको रुखमाथि एउटा बाँदर बसेको थियो । बाँदरले अकस्मात पिसाब गरिदियो र त्यो पिसाब तल पुजा गर्न बसेका मानिसमाथि पर्यो ।
बाँदरले पिसाब गरिदिएपछि ब्रतालुहरु जिउ अपवित्र भएको भन्दै बाँदरलाई गाली गलौज गर्न थाले र त्यहाँबाट हिडे तर बाँदरले पिसाब गरिदिए पछि पनि तिन जना मानिस भने त्यहि बसीरहेका थिए।
दैबको लिला टारेर किन टर्थोर भने जस्तै बाँदरले पिसाब गरिदिएर अधिकांस श्रद्धालुहरु पुजास्थलबाट उठेको केही बेरपछि त्यो आँपको रुख ढल्यो । पुजास्थलबाट उठेका सबै मानिस बँच्न सफल भए तर ३ जनालाई भने रुखले च्याप्यो । तिन जना मध्ये ४० वर्षकी एक महिलाको ज्यान गयो भने दुइ जना घाइते भए ।
यो घटनापछि बँच्न सफल मानिसहरु शोक तथा आश्चर्यमा परे । बाँदरले पिसाब गरिदिएर अशुभको संकेत दिएको कुरा उनीहरुले पछि मात्र बुझे । आफ्ना एक सदस्यको मृत्यु भएपनि बाँदरकै कारण धेरैको ज्यान जोगिएकोमा उनीहरुले बाँदरलाई धन्यवाद पनि दिए । यदि बाँदरले पिसाब गरिदिएको थिएन भने त सबै मानिस पुजामा व्यस्त रहेको बेलामा त्यो आँपकेा रुख ढलेर सबैलाई किच्ने रहेछ । -एजेन्सी
रुखमा बसीरहेको बाँदरले बचाइदियो ३० जनाको ज्यान
Reviewed by marumala srinu
on
5:18 PM
Rating:

No comments: