राजेश हमालले अब सक्रिय राजनीति गर्ने
काठमाडाैं-महानायक राजेश हमालले आफू सक्रिय राजनीतिमा आउने सम्भावना रहेको बताएका छन् । हाल अमेरिकामा रहेका हमालले नेपाली समाजमा अझै असमानता रहेको बताउँदैं आफू राजनीतिमा सक्रिय हुन सक्ने संकेत गरेका हुन ।
नेपालमा मूलभूत रुपमा राजनीतिमा पहिलेको तुलनामा कुनै पनि परिवर्तन नआएको बताउँदैं हमालले आफू कलाकारका रुपमा जनतासँग नजिक रहेको बताउँदैं त्यही भावनाले राजनीतिमा आउन सक्ने बताए ।
‘मेरो चाहना कहि न कहि त्यो (राजनीति गर्ने) अवश्य पनि छ । त्यो पपुलाररिटीको एउटा विन्दुमा पुगे अब त्यो राजनीतिमा खर्चुभन्दा पनि यतिका वर्ष हाम्रो राष्ट्रमा यस्ता पात्रहरु काम गरेपछि म जनताको भावनासँग नजिक भएका आधारमा राजनीतिमा आउँछु,’ सेतोपाटीसँगको कुराकानीमा राजेशले भनेका छन्, ‘किनकी कलाकारको रुपमा दर्शकसँग एकदमै नजिकसम्म पु¥याएको छ ।’
उनले कलाकारिता गरेपनि आम जनसमुदायको एकदम नजिक पुगेर उहाँहरुको दुःख बुझ्ने भावना बुझ्न पाएको बताए । राजेशले आफू वाद र सिद्धान्तभन्दा पनि त्यही भावनाबाट निर्देशित भएर राजनीतिमा लाग्ने बताए ।
खोक्रो नारा, ब्यक्तिगत र पार्टीगत फाइदाले मात्र राष्ट्र र जनताको केही नहुने उनले बताए ।
‘राष्टमा राम्र्रो ब्यवस्था हुन जरुरी रहेको बताए,’ हमालले उक्त अन्तर्वार्तामा भनेका छन्, ‘क्रकिट सामाजिक परिवर्तन ल्याउनुपर्छ ।’ उनले आफ्नो राष्ट्रलाई बुझ्नका पनि जरुरी रहेको बताए ।
वर्षका २ वटा मात्र सिनेमा गर्ने र नेपालभित्र र बाहिर भ्रमणमा ब्यस्त रहेको उनले बताए । वास्तविक जीवनमा भावनाहरु खोेल्न पनि कठिन रहेको बताउँदैं हमालले कलाकारहरुमा भावनाका नवरस हुने बताए ।
राजेश हमालले अब सक्रिय राजनीति गर्ने
Reviewed by marumala srinu
on
5:12 PM
Rating:

No comments: