Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नेइमारले अमेरिकामा कोपा खेल्न नपाउने

बार्सिलोना–बार्सिलोनाका ब्राजिली स्टार नेइमारले जुनमा अमेरिकामा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता खेल्न नपाउने भएका छन् । तर, अगस्टमा आफ्नै देशमा हुने रियो ओलम्पिकका लागि भने नेइमारलाई रिलिज गर्ने उनको क्लब बार्सिलोनाले बुधबार जनाएको छ । ‘नेइमारलाई अगस्ट ३ देखि २१ सम्म हुने रियो ओलम्पिकमा मात्र खेलाउने बार्सिलोनाको प्रस्ताव स्विकार गरेकोमा क्लब ब्राजिली फुटबल संघ र अध्यक्ष मार्को पोलो डेल नेरोलाई धन्यवाद दिन चाहन्छ,’ क्लबले बिज्ञप्तिमा भनेको छ, ‘अब नेइमारले जुन ३ देखि २६ सम्म अमेरिकमा हुने कोपा खेल्नुपर्ने छैन । त्यसले क्लबलाई ठूलो राहत प्रदान गर्नेछ ।’ ब्राजिली प्रशिक्षक डुंगाले आफ्ना कप्तान नेइमारलाई दुवै प्रतियोगिताका लागि चाहेका थिए । तर, बार्सिलोनाले अर्को सिजन सुरु हुनुभन्दा पहिला नेइमारलाई पर्याप्त आराम चाहिले भन्दै ब्राजिली फुटबल संघलाई ओलम्पिकमात्र खेलाउने प्रस्ताव गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ । 
नेइमारले अमेरिकामा कोपा खेल्न नपाउने Reviewed by marumala srinu on 5:39 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.