Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कनकमणि दीक्षितको आम्दानी पाँच करोड खर्च १२ करोड !

फोटो :फाइल फोटो
‘संविधान रोक्न पूर्व राष्ट्रपतिबाट ‘कू’ को योजना’
नरेन्द्र साउद
|
काठमाडौंः प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति रामवरण यादवको नाम उच्चारण नगरि संविधान आउन नदिन उनले सैनिक ‘कू’ को षडयन्त्र गरेको’ आरोप लगाएका छन् ।
कम्युनिष्ट पार्टीको ६७ औं स्थापना दिवसका अवसरमा एमालेद्धारा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति यादवले संविधान आउन नदिन भूमिका खेलेको आरोप लगाए ।
‘संविधान बन्न नदिन कतिसम्मको प्रयास भएको थियो भन्ने कुरा हिजो एकजनाको अभिव्यक्तिबाट थाहा पाइयो,’ ओलीले भने, ‘सकेको भए ‘कू’ गर्नेसम्मका कुराहरु भएका रहेछन् ।’
पूर्वराष्ट्रपति यादवले बिहीबार आयोजित एक कार्यक्रममा आफ्नो ठाउँमा अरु कोही भएको भए राजा ज्ञानेन्द्रले २०१७ सालमा गरेको जस्तो घटना दोहोरिन सक्ने अवस्था रहेकहो अभिव्यक्ति दिएका थिए ।
संविधान निर्माण प्रक्रियामा आफूलाई धेरै कुरामा चित्त नबुझेको बताउँदै यादवले पदीय जिम्मेवारीअनुसार मात्र आफूले संविधान जारी गरेको बताएका थिए ।
पूर्व राष्ट्रपति यादवप्रति असन्तुष्टि जनाउंदै ओलीले एमालेलाई राष्ट्रपति,प्रधानमन्त्री पद नदिन भूमिका खेलेको आरोप लगाए ।
संविधान बन्नु कति महत्वपूर्ण थियो भन्ने कुरा बुझ्न कार्यकर्तालाई निर्देश गर्दै ओलीले यसको कार्यान्वयनमा सबै पक्ष एक हुनुपर्ने बताए ।
मधेस केन्द्रित दलहरुसँग वार्ता र सम्वादबाट समस्याको निकास निकाल्न सरकार तयार रहेको प्रधानमन्त्रीले ओलीले बताए । कांग्रेस नेतृत्वको अघिल्लो सरकारमा राजदुत गरौ भन्दो नमानेको ओलीले आरोप लगाए ।
‘एमालेलाई केही नदिन त्यतिखेर सहमति तोडियो,’ ओलीले भने, ‘अहिले उनीहरुलाई पिर परेजस्तो छ ।’
एमाले पार्टी बम्पर उपहार नभएको दावी गर्दै ओलीले संविधान कार्यान्वयनका लागि सबै बाम दल एक ठाउँ उभिनुपर्ने पनि बताए । ‘एमाले कुनै बम्पर वा गाई कि त्रिशुल भनेर जन्मिएको पार्टी होइन,’ ओलीले भने ।
कार्यक्रममा वरिष्ठ नेता माधव नेपालले संविधान कार्यान्वयनका थुप्रै चुनौती देखिएको भन्दै त्यसका लागि पार्टी एक ढिक्का भएर लाग्नुपर्ने बताए ।
राजनीतिक रुपमा प्राप्त उपलब्धीलाई जोगाउंदै मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउनेतिर लाग्नुपर्नेमा नेता नेपालले जोड दिए ।
महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन गर्न नदिन र मुलुकको स्वाभिमानमाथि बलात्कार गर्न खोजिएको आरोप लगाए ।

कनकमणि दीक्षितको आम्दानी पाँच करोड खर्च १२ करोड ! Reviewed by marumala srinu on 6:06 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.