Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पृथ्वीका ८ प्रतिबन्धित अनि रहस्यमय ठाउँ

प्रतिबन्धित छ यी ८ ठाउँ। त्यहाँबाट खबरसम्म बाहिर आउने गर्दैन। भलै पृथ्वीमा धेरै ठाउँ यस्ता होलान, तर विशेष अनुमति पाएर पनि यी ८ ठाउँमा भने बाहिरबाट अन्य नागरिक छिर्न सम्म पाउँदैनन। कतिपय ठाउँबाट त गए पश्चात फिर्ता समेत आइदैन।
यी ठाउँमा छिर्नको लागि कि त हिम्मत गरि लुसुक्क जानुपर्छ वा कि भने कुनै राजकीय खान्दान कै व्यक्तिको आवश्यकता पर्दछ।
१. उत्तर सेन्टिनेल टापु
यो टापु बङ्गालको खाडीमा पर्ने ‘एण्डाम्यान आइल्याण्ड’हरू मध्ये एक हो, जसको क्षेत्रफल लगभग २८ वर्ष किलोमिटर रहेको छ भने यो टापुलाई चारैतर्फबाट कोरल रिफले घेरेको छ। यो टापुमा ४०० जना भन्दा बढी सेन्टिनेलिज बासिन्दाहरू बासस्थान गर्ने गर्दछन्। सेन्टिनेलिज बासिन्दाहरू आफ्नो अलग्य वातावरणलाई धेरै मनपराउँछन् र यो टापुका बासिन्दा मात्रै यस्ता मानिसहरू हुन् जसले आधुनिक युगलाई अस्वीकार गरेका छन्।
सन् १९७५ मा, नेशनल जियोग्राफिकका फिल्म निर्देशकले सेन्टिनेलिज बासिन्दाहरूसँग सम्पर्क गर्न खोजेका थिए, तर उनीहरूले निर्देशकलाई घाइते बनाएर पठाएका थिए। त्यस घटना पछि, सन् १९९६ मा भारतीय सरकारले त्यहाँका बासिन्दाहरूसँग सम्पर्क गर्नको लागि मनाही गरेको थियो।
२. लासकक्स गुफा
दक्षिणी फ्रान्समा अवस्थित यो प्राचीन गुफामा भएको भित्तेचित्रहरू करीब २०,००० वर्ष पुरानो भएको मानिन्छ। जसमा अधिकांस जनावरको चित्र भेटिन्छ। सन् १९४० सेप्टेम्बर १२ मा मार्सेल रविदत्त नाम गरेको एक जवान युवकले यो ‘लासकक्स गुफा’को द्वार फेला पारेका थिए। आफ्नो खोजबाट अचम्मित रविदत्त आफ्ना ३ जना साथीहरूसँग आफैले बनाएको डुङ्गाबाट घर फर्किएका थिए। घर फर्केपछि मात्रै उनीहरूले त्यो चित्र जनावरको हो भनेर थाहा पाएका थिए।
त्यसपछि, उनीहरूले उक्त खोजको बारेमा स्थानीय समुदायलाई जानकारी गराए। वर्षौँसम्म यस गुफाको अनुसन्धान भयो र सन् १९४८ मा सार्वजनिक गरियो। त्यसपश्चात मात्रै थाहा भयो कि, गुफामा मानिस पस्दा गुफाका चित्रमा क्षति पुग्ने रहेछ। मानिसहरूले स्वासप्रश्वास गर्दा फाल्ने कार्बनडाइअक्डाइड ग्यासले उक्त चित्रहरूलाई क्षति गर्ने अनुसन्धानले बतायो। त्यसपश्चात सन् १९६३ देखि नै गुफामा जान प्रतिबन्ध लगाइयो।अहिले यस गुफालाई ‘युनेस्को विश्व सम्पदा सूची’मा समावेश गरिएको छ र यहाँ केहि वैज्ञानिकहरू मात्रै जान पाउँदछन्।
३. मेट्रो-२
यो मस्को शहरमुनि भएको गोप्य मेट्रो सिस्टमलाई दिइएको नाम हो। ‘डि-६’ कोडनाम गरेको र ‘जोसेफ स्टालिन’ले बनाएका मानिएको अण्डरग्राउण्ड रेलमार्ग हो यो। यस सुरुङ्गमा करीब ३०,००० जना मानिसहरू अटाउन सक्छन् भने यो क्रेमलिनदेखि एफएसबी हेडक्वाटर्स सम्म जोडिएको छ। यो ठाउँमा जान प्रतिबन्ध लगाइएको छ।
४. इसे ग्राण्ड श्राइन
जापानमा अवस्थित यो ‘इसे ग्राण्ड श्राइन’लाई (जुन वास्तवमा १०० वटा भन्दा बढी मन्दिरको समूह हो) त्यहाँको सबैभन्दा पवित्र मन्दिर मानिन्छ। यो मन्दिर ‘आमातेरासु’ (सूर्य देवी) प्रति समर्पित गरेर बनाइएको हो र ४ बि.सी. देखि यहाँ अवस्थित हुँदै आएको छ।
कहिल्यै जान नपाइने ठाउँहरूको सूचीमा यो सबैभन्दा अगाडी आउँछ। भिक्षु अनि जापानी शाही परिवार मात्र यो मन्दिरमा जान पाउँछन्।
५. पूर्वीय रेनेल, सोलोमन टापु
रेनेल टापुको दक्षिणतर्फ अवस्थित यो पूर्वीय रेनेल ‘युनेस्को विश्व सम्पदा सूची’मा पर्दछ, जुन सोलोमन टापुकै एक हिस्सा हो। यस टापुमा बसोबास गर्दै आएका ‘जायन्ट्स’ (विशाल मानिस) हरूले अरू मानिसको टाउको काटेर मासु खाने गरेको पाइएको छ, त्यसैले गर्दा नै यो टापुमा कसैलाई पनि जान दिइँदैन।
६. इस्टर टापु, चिली
प्रशान्त महासागरमा पर्ने यो ‘इस्टर टापु’ (रापा नुई) संसारकै सबैभन्दा दुर्गम ठाउँहरूमध्ये एक पर्दछ। हुन त यो टापु चिली देशकै भाग हो, तर यहाँको प्राचीन संस्कृति यहाँ बसोबास गर्दै आएका पृथक समुदायहरूको लागि उपयुक्त मानिन्छ।
७. स्नेक टापु
ब्राजिल, साओ पाउलाको तटबन्दमा पर्ने यो ‘स्नेक टापु’मा तपाईँले प्रत्येक वर्ग मिटरमा एउटा सर्प भेट्न सक्नुहुन्छ, यसै हिसाबले हरेक पाइलामा तपाईँले एउटा सर्पलाई टेक्नुहुन्छ । यहाँ सबैभन्दा बढी पाइने सर्प दुर्लभ मानिने ‘गोल्डेन पिटभाइपर’, जसको टोकाईले हाम्रो शरीरमा ‘होमोटक्सिन’ नामक विष छाड्दछ।
उक्त भाइपर सर्पलाई बचाइराख्नको लागि, ब्राजिलीयन नौसेनाले यस टापुलाई साधारण मानिसहरूको लागि बन्द गरिदिएको छ। वैज्ञानिक तथा खोजकर्ताहरू जसले पिटभाइपरको अध्ययन गरिरहेका छन्, उनीहरू मात्रै यो टापुमा छिर्न पाउछन्, त्यो पनि विशेष स्वीकृति प्राप्त गरेर मात्रै।
८. पोभेग्लिया, इटली
यो सानो टापु उत्तरी इटलीको भेनिसियन लगूनमा पर्ने भेनिस र लिडोको बीचमा अवस्थित छ। शताब्दीयौँदेखि यो टापु शरणार्थी, नर्वासित मानिसहरूको लागि प्रयोग हुँदै आएको थियो, जहाँ मरेका र रोगी मानिसहरूलाई फोहोरसरी फालिने गरिन्थ्यो।
सन् १३४८ मा, जब भेनिसमा ब्युबोनिक महामारी आइलाग्यो, अन्य धेरै साना टापुहरूजस्तै यो टापु पनि संगरोध बस्ती (Quarantine colony ) बन्न पुग्यो। महामारीबाट विभिन्न किसिमका रोगहरू फैलिने डरले गर्दा भेनिसले त्यहाँका थुप्रै रोगी नागरिकहरूलाई उक्त टापुमा निर्वासन गरिएको थियो।
यस टापुको केन्द्रभागमा मृत शरीर र मर्दै गरेका मानिसहरूलाई जिउँदै जलाइएको थियो। अनुमान गरेअनुसार, यस टापुमा शताब्दीदेखि अहिलेसम्म १,००,००० भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ। त्यसपश्चात, मानिसहरू यस टापुको नजिकपनि जान डराउँछन्।

पृथ्वीका ८ प्रतिबन्धित अनि रहस्यमय ठाउँ Reviewed by marumala srinu on 6:17 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.