अख्तियारद्वारा पत्रकार कनकमणि दिक्षित पक्राउ
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार दिउँसो पत्रकार कनकमणि दिक्षितलाई पाटनस्थित आफ्नैं निवासबाट पक्राउ गरेको छ।
दिक्षितले अख्तियारलाई दिएको स्पष्टिकरण चित्त नबुझेको भन्दै पक्राउ पुर्जी थमाइएको हो। दिक्षितलाई पक्राउ गर्न करिब २ दर्जन प्रहरीसहित अख्तियारका अधिकारीहरू पाठनढोकास्थित दिक्षित निवास आएका थिए।
दिक्षितलाई थमाइएको पक्राउ पूर्जिमा लेखिएको छ- ‘तपाईँ कनकमणि दिक्षितविरूद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको भ्रष्टाचारको कसुरको अभियोगमा अनुसन्धान गर्नुपर्ने देखिन आएकोले यो पूर्जि लिइ आउने प्रहरी कर्मचारीका साथ लागि आउनुहोला। अन्यथा तपाईँलाई निजहरूले नछाडि ल्याउनेछन्।’
अख्तियारद्वारा पत्रकार कनकमणि दिक्षित पक्राउ
Reviewed by marumala srinu
on
1:49 AM
Rating:
Reviewed by marumala srinu
on
1:49 AM
Rating:

No comments: