Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अक्षयले दिए महाराष्ट्रका किसानलाई ५० लाख, आमिरले गाउँ नै जिम्मा लिने

भारतको महाराष्ट्रको केही गाउँमा अहिले भयंकर सुख्खा लागेको छ । दुई छाक खान नपाउने किसान त धेरै छन् । पानीको उत्तिकै हाहाकार छ । तिनै दुःखीहरुका लागि बलिउड नायक अक्षय कुमारले ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।
अक्षयले सामाजिक काममा रकम खर्चिएको यो नै पहिलो पटक होइन । यसअघि पनि महाराष्ट्रमा आत्महत्या गरेका १८० किसानका परिवारका लागि उनले ९० लाख रुपैयाँ दिएका थिए ।
गर्मी बढेसँगै महाराष्ट्रमा अहिले खानेपानीको हाहाकार सुरु भएको छ । एक गाग्री पानीको लागि घण्टौ टाढा जानुपर्ने स्थिती छ भने पेटभरि पानी खान नपाउनेहरु धेरै छन् ।
महाराष्ट्रका किसानका लागि नायक साहरुख खानले पनि रकम सहयोग गरेका छन् । तर, साहरुखले च्यारेटीलाई प्रचारमा नल्याउने भएका कारण कति रकम सहयोग गरे खुलेको छैन ।
आमिरले गाउँकै जिम्मा लिने
आमिर खानले पनि महाराष्ट्रको सुखा प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । भ्रमणपछि उनले ताल र कोरेगाउँ दुई गाउँको जिम्मा लिने भएका छन् । ती दुुई गाउँको स्थिती सबै भन्दा खराब छ । त्यसो त सन् २००१ मा गुजरातमा आएको भूकम्पपछि पनि आमिर गुजरात पुगेका थिए ।
धेरै कुरा उठाउने नाना
महाराष्ट्रको दयनीय अवस्था वारे सबै भन्दा धेरै कुरा उठाउने नायकको रुपमा चिनिन्छन् नाना पाटेकर । पानीको कमीको कारण महाराष्ट्रको स्थिती नाजुक भएको उनको भनाई छ । उनले यो बिषयमा ध्यान दिन सरकार र मिडियालाई आग्रह पनि गरेका छन् ।

अक्षयले दिए महाराष्ट्रका किसानलाई ५० लाख, आमिरले गाउँ नै जिम्मा लिने Reviewed by marumala srinu on 12:28 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.