Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कैलालीमा सर्पदंशका घट्नामा वृद्धि

कैलाली जिल्लामा चालु आर्थिक बर्षको ९ महिनामा सर्प दंशका विरामीको संख्यामा वृद्धि भएको छ । जिल्लामा यस बर्ष ४ सय ७४ जना विरामीले सर्प दंशको उपचार लिएका छन् ।
सेती अञ्चल अस्पताल धनगढीबाट १ सय ८६, टीकापुर अस्पतालबाट १ सय २६ र मसुरीयामा रहेको नेपाली सेनाको श्री नं. २ राष्ट्रिय विकास गणबाट १ सय ६२ जनाले उपचार लिएका छन् । उपचारका क्रममा सेती अञ्चल अस्पताल धनगढीमा १० जना र मसुरीयामा २ जना गरी १२ जनाको मुत्यु भएको छ भने टीकापुर अस्पतालबाट ४ जना विरामी अन्यत्र रेफर गरिएको छ ।
सेती अञ्चल अस्पताल धनगढीका आकस्मिक उपचार केन्द्र प्रमुख कृष्ण बोहराले चालु आर्थिक बर्षमा १ सय ८६ जनाले सर्पदंशको उपचार लिएको बताउँनुभयो । अस्पतालमा असारदेखि असोजसम्म दैनिक ३५ देखि ४० जनासम्म सर्पदंशका विरामी उपचारका लागि आएकोमा १० जना विरामीको उपचारका क्रममा मुत्यु भएको उहाँले बताउनुभयो ।
सेती अञ्चल अस्पताल धनगढीमा एकसय भाईल सर्प दंशको एनटिभाइटिक स्टक रहेको इमर्जेन्सी प्रमुख कृष्ण बोहराले बताउनुभयो । उहाँले थप औषधी आवश्यक परेको अवस्थामा धनगढीमा रहेको क्षेत्रिय मेडिकल स्टोरबाट ल्याउन सकिने बताउदै टिकापुर अस्पताल, सेती अञ्चल अस्पताल र नेपाली सेनाको मसुरीया स्थित श्री नं. २ राष्ट्रिय विकास गणबाट उपचार लिन सकिने बताउनुभयो ।
सर्पदंशाट बच्नका लागी रातिको समयमा जुत्ता लगाएर हिड्नुपर्ने, सुत्दा खाट अथवा झुल भित्र सुत्नुपर्ने बताउँदै बोहराले सर्पले टोकी हाले टोकेको ठाउँमा तल माथि डोरीले बाध्नुपर्ने बताउनु भयो । उहाँले सर्पले टोकेको विरामीलाई खाने कुरा खान नदिन र समयमै अस्पताल ल्याउन आग्रह गर्नुभयो ।

कैलालीमा सर्पदंशका घट्नामा वृद्धि Reviewed by marumala srinu on 6:26 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.