चीनमा भेटियो तीन हजार वर्ष पुरानो कफिन
बेइजिङ, १४ वैशाख । चीनमा करिब तीन हजार वर्ष पुरानो कफिन भेटिएको छ। तीन हजार वर्ष पुरानो भएको विश्वास गरिएका तीनवटा कफिन फेला परेको सिन्ह्वाले जनाइएको छ।
हेनानमा प्रान्तमा ती कफिन फेला परेका हुन् । स्थानीय पुरातत्व विभागले दिएको जानकारी अनुसार ती कफिन मङ्गलबारै एनियाङ् सहरको सङ्ग्रहालयमा पठाइएको छ । स्थानीय विज्ञहरुले प्रारम्भिक रुपमा गरेको उत्खनन्का क्रममा ती कफिनका साथै करिब २२ वटा चिहान पनि भेटिएका थिए ।
ती चिहान चीनको चाङ् वंशीय समयका रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि जनाइएको छ । उक्त वंश चीनमा करिब १४०० बिसी ताका थियो । स्थानीय पुरातत्वविद् चोङ् देमिङ्ले भने– चाङ् वंशका समयमा पाइएका यी कफिनहरु निकै दुर्लभ हुन्, चीनका अरु क्षेत्रमा पनि भेटिएका ऐतिहासिक सामाग्रीको तुलनामा यी सामाग्री निकै महत्वका रहेका छन् ।
उनले सो क्षेत्रमा थप उत्खनन् गरिने जानकारी दिए । हाल ती कफिन पाइएको क्षेत्र परिवारका सदस्यहरु एकै स्थानमा पुरिएको आशङ्का गरिएको छ । रासस/सिन्ह्वा
चीनमा भेटियो तीन हजार वर्ष पुरानो कफिन
Reviewed by marumala srinu
on
8:57 AM
Rating:

No comments: