आइपिएल : हैदरावादले पञ्जावलाई हरायो
वैशाख १२ – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । हैदरावादले किंग्स इलाभेन पञ्जावलाई पाँच विकेटले हराएका हो ।
पञ्जावले प्रस्तुत गरेको एक सय ४४ रनको लक्ष्य हैदरावादले १७ दशमलव ५ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । हैदरावादका कप्तान डेविड वार्नरले ३१ बलमा ५९, शिखर धवनले ४४ बलमा ४५ तथा इओन मोर्गनले २० बलमा २५ रन बनाए ।
पञ्जावका ऋशी धवन, मोहित शर्मा र सनदिप शर्माले एक एक विकेट लिए । यसअघि हैदरावादमा पहिले ब्याटिङ गरेको पञ्जावले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ४३ रन बनायो ।
उसका लागि शोन मार्सले ३४ बलमा ४०, अक्षर पटेलले १७ बलमा नटआउट ३६, मनन भोहराले २३ बलमा २५ तथा निखिल नाइकले २८ बलमा २२ रन बनाए । हैदरावादका मोइसिस हेनरिक र मुस्ताफिजुर रहमानले समान दुई दुई विकेट लिए ।
पाँच खेलमा तीनमा विजयी र दुईमा पराजित भएको हैदरावाद ६ अंकसहित तेस्रो स्थानमा छ भने पाँच खेलमा चारमा पराजित र एकमा मात्रै विजयी भएको पञ्जाव दुई अंकसहित पुछारमा छ ।
आइपिएल : हैदरावादले पञ्जावलाई हरायो
Reviewed by marumala srinu
on
6:24 PM
Rating:
No comments: