खानेपानीको ट्याङ्की निर्माण
दाङको तुलसीपुर नगरपालिका–१० गहतेमा करिब सात लाख रुपैयाँको लागतमा खानेपानीको ट्याङ्की निर्माण भएको छ।
ट्याङ्की निर्माणसँगै त्यहाँका ३ सय ८ घरधुरीलाई खानेपानीमा सहजता भएको छ। झाँक्रीढुङ्गा खानेपानी उपभोक्ता समितिको आयोजनामा ७० हजार लिटर क्षमताको आरसिसी ट्याङ्की निर्माणसँगै स्थानीयलाई सहजता भएको हो।
तुलसीपुर नगरपालिकाको पाँच लाख रुपैयाँको लागतमा, अन्य सङ्घ संस्थाको एक लाख २५ हजार रुपैयाँ र स्थानीयको जन श्रमदान गरी ५७ हजार रुपैयाँ गरी जम्मा छ लाख ८२ हजार रुपैयाँको लागतमा सो ट्याङ्की निर्माण भएको निर्माण समितिका अध्यक्ष मेघराज पाण्डेले बताए।
साठी हजार लिटर क्षमताको खानेपानीको ट्याङ्की निर्माण गर्ने योजना भए पनि सो स्थानमा दस हजार लि बढी क्षमताको काम भएको बताइएको छ।
विसं २०७२ मङ्सिरमा सम्झौता भई चैत अन्तिम सातामा ट्याङ्की निर्माणको काम सम्पन्न भएको तुलसीपुर नगरपालिका सव इन्जिनियर राधेश्याम उपाध्यायले बताए। स्थानीयले इस्टमेटभन्दा धेरै काम गरेको उनले बताए। खानेपानीको ट्याङ्की निर्माणसँगै त्यहाँका एक हजार २ सय ५९ जनसङ्ख्या लाभान्वित भएको झाँक्रीढुङ्गा खानेपानी उपभोक्ता समितिका कार्यालय सचिव सुशील काफ्लेले बताए।
यसअघि स्थानीय खोलाको दूषित पानी खान बाध्य थिए। अब भने केही सहजता मिलेको स्थानीय लिलाधर खरेलले बताए। रासस
खानेपानीको ट्याङ्की निर्माण
Reviewed by marumala srinu
on
11:29 PM
Rating:

No comments: