दक्षिण सुडानी बन्दुकधारी समूहद्वारा इथियोपियामा २०८ जनाको हत्या
बैशाख ७
दक्षिण सुडानबाट इथियोपिया पुगेका जातिवादी बन्दुकधारीको एक समूहले स्थानीयमाथि गरेको आक्रमणपछि इथियोपियामा २०० जना भन्दाबढीको हत्या भएको यहाँका प्रधानमन्त्री हेलमाचियम देशालेगनले आइतबार अबेर गरेको टेलिभिजन सम्वोधनमा बताउनुभएको छ ।
यसअघि इथियोपियाली सरकारी अधिकारीले करिब १४० जनाको मृत्यु भएको बताएका थिए । मुरले समुदायका बन्दुकधारी समूहले शुक्रबार ग्याम्बेलामा आक्रमण गरी २०८ जना स्थानीयवासीको हत्या गरेको र १०२ बालबालिकालाई अपहरण गरी लगेको इथियोपियाका प्रधानमन्त्री देशालेगन एएफपीलाई बताउनुभयो । उनीहरूले दुई हजारभन्दा बढी चौपाया पनि लुटेर लगेको बताइएको छ ।
दक्षिण सुडान कोजोङलेई इलाकाबाट इथियोपिया आउने नुर्ले समुदायले पटकपटक इथियोपियाली भूमिमा बसोबास गर्ने नागरिकमाथि आक्रमण गरी उनीहरूका चौपाया जनावरहरू लुटेर लाने घटना यो पहिलो भने होइन । उनीहरूले पटकपटक यस्ता कुकार्य गर्दै इथियोपियाली जनतालाई सताउने गरेको स्थानीय एक किसानले बताए ।
के यो घटनासँग दक्षिण सुडान वा त्यहाँका विद्रोही समूहको संलग्नता थियो भन्ने प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता तेबल्दे मुलुटेगले एएफपीलाई भन्नुभयो, हामी यसमा सुडान सरकारको संलग्नता रहेको बताएका छैनौँ । तर त्यहाँबाट आएको एक जातीय समूहले हमला गरेको गाउँलेहरूको भनाई छ ।
दक्षिण सुडानी बन्दुकधारी समूहद्वारा इथियोपियामा २०८ जनाको हत्या
Reviewed by marumala srinu
on
11:33 PM
Rating:

No comments: