पुनर्वास नगरपालिकामा बुहारीको पेटमा ससुराको ७ महिने गर्भ
पुनर्वास, ०३ फाल्गुन
पुनर्वास नगरपालिकामा बस्ने एक ससुराले
बुहारीसँग यौन सम्पर्क गरेपछि गर्भ रहेको छ । बुहारीले
ससुरासँगको यौन सम्पर्कबाट रहेको ७ महिनाको गर्भ
बोकिरहेकी छन् ।
श्रीमान घरमा नभएको अवस्थामा पुनर्वास नगरपाालिकाकी
एक २८ वर्षिय महिलाले ५८ वर्षिय ससुराको गर्भ बोकेकी हुन् ।
‘ससुरासँगको यौन सम्पर्कले गर्भ रहेको ७ महिनापछि स्थानीय
वासिन्दाले ससुरा–बुहारीलाई प्रहरीको जिम्मा लगाएका
हुन्,’ प्रहरी स्रोतले भन्यो, ‘ईलाका प्रहरी कार्यालय
त्रिभुवनवस्तीबाट आएको घटना जिल्ला प्रहरी कार्यालय
कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।’
बुहारीलाई गर्भ बोकाउने ससुरामाथि जबर्जस्तीकरणीको
मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महिलाई
महिला विकास कार्यालय कञ्चनपुरको सेफ हाउस र ससुरालाई
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको
छ ।
ससुराले जबर्जस्ती यौनसम्पर्क गरेको र बाहिर भनेमा मार्ने
धम्की दिएको महिलाले बताइन् । ‘तेरो श्रीमान घरमा छैन ।
बढी कराउने काम नगर्नु, जे म भन्छु त्यो मान’ भन्दै धम्क्याएर
जवर्जस्तीकरणी गरेको महिलाले बताइन् । ‘ससुराको डरले बाहिर
भन्न सकिन,’ महिलाले भनिन्, ‘गर्भ रहेको ७ महिना पुग्यो ।’
महिलाले घरमा चोर लाग्ने डरले राति ससुरासँगै सुत्ने गरेको समेत
बताइन् । सासु-ससुराबिच विवाद भएपछि सासु आफन्तको घरमा
बस्ने गरेको र ससुराले आफूलाई सँगै सुताउने गरेको बुहारीले बताइन् ।
‘ससुराले गर्भ रहेको थाहा पाएपछि गर्भ फाल्न मेरो तिलहरी बेचेर
१० हजार रुपैयाँको जोहो गरे,’ बुहारीले भनिन्, ‘अस्पताल
आएपछि डाक्टरले ७ महिनाको गर्भ फाल्न नमिल्ने भन्यो ।
त्यसपछि गर्भ फाल्न सकिएन ।’ ससुरा मदिरा खाएर गालीगलौज
समेत गर्ने गरेको महिलाले बताइन् ।
तर, ससुराले बुहारीको सहमतिमै यौन सम्पर्क गरेको दावी
प्रहरीमा गरेको स्रोतले जनाएको छ । ‘बुहारी र मेरो सुत्नेखाट
सँगै जोडिएको थियो । राति बुहारी मेरो खाटमा आएर
सुत्थिन्,’ ससुराको भनाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘छोरो
जेल गएदेखि बुहारी र मबिच यौन सम्पर्क हुने गरेको थियो ।’
स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा ससुराको गर्भ
बोक्ने महिलाका श्रीमान जेलमा सजाय भोगिरहेका छन् ।
छोरो जेलमा भएको, श्रीमती आफन्तको घरमा बस्ने गरेकाले
ससुरा-बुहारी मात्रै घरमा हुँदा ससुराले बुहारीसँग यौनसम्पर्क
राख्ने गरेका थिए ।
पुनर्वास नगरपालिकामा बुहारीको पेटमा ससुराको ७ महिने गर्भ
Reviewed by marumala srinu
on
10:36 PM
Rating:
Reviewed by marumala srinu
on
10:36 PM
Rating:

No comments: