सार्कको कडा सुरक्षाबीच पोखरामा मनी ट्रान्सर्फर लुटपाट, ६ लाख रुपैयाँ लुट्ने लुटेरा पेस्तोलसहित पक्राउ
पोखरा
सार्कको मन्त्रीस्तरीय बैठकका बेला कडा सुरक्षाका बाबजुद पनि पोखरामा लुटपाट भएको छ । पोखराको नागढुङ्गा स्थित एक मनीट्रान्फरमा रकम लुटेर भाग्न खोज्ने एक जना पेस्तोल सहित पक्राउ परेका छन् । दुईजना फरार छन् ।
नागढुङ्गा स्थित सभ्यता मनी ट्रान्सफरबाट बिहान झण्डै सवा ११ बजे रकम लुटेर भाग्दै गरेका प्रशान्त थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता गुजुसिद्धि ब्रजार्चाले जानकारी दिए । तीन जनाको समुहमा आएका लुटेराले हतियार देखाएर मनी ट्रान्सफरबाट झण्डै ६ लाख रुपैया लुटेका थिए ।
लुटेको रकम र पेस्तोल सहित सुनसरी घर भई पोखराको रामबजारमा बस्ने थापालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । अन्य दुई जना भाग्न सफल भएको स्थानीले बताएका छन् । अन्यको खाजी भैरहेको प्रहरीले जनाएको छ । लुटेर लैजान लागेको रकम र पेस्तोल सहित पक्राउ गरेको हो ।

सार्कको कडा सुरक्षाबीच पोखरामा मनी ट्रान्सर्फर लुटपाट, ६ लाख रुपैयाँ लुट्ने लुटेरा
पेस्तोलसहित पक्राउ
Reviewed by marumala srinu
on
10:18 PM
Rating:
Reviewed by marumala srinu
on
10:18 PM
Rating:

No comments: