Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अब यस्तो भूमिकामा आउन चाहन्छन् आमिर

चरित्रलाई न्याय दिनका लागि शरीरलाई जस्तोसुकै अप्ठ्यारो परोस् आमिर खान त्यसको परवाह गर्दैनन् । हाल सुटिङ भइरहेको फिल्म ‘दंगल’ का लागि तौल बढाएको/घटाएकोबाटै यो कुराको पुष्टि हुन्छ ।
 
दंगलका लागि उनले आफ्नो तौल ९५ किलो बनाएका थिए । ९५ बाट २५ घटाउनुपर्ने भएपछि उनी अहिले तौल घटाउन लागिपरेका छन् । उनका अनुसार उनी अहिले १३ किलो कम वजनका भइसकेका छन् । 
 
चिकित्सकले स्वास्थ्यमा समस्या आउँछ भन्दा पनि अटेर गरेर चरित्रका लागि सक्दो चुनौति खपेका आमिर अब भने कस्तो भूमिकामा आउन चाहन्छन् त ?
 
मार्च १४ मा जन्मदिन परेका आमिरले जन्मदिनका दिन सञ्चारमाध्यमसँग भने,‘म पहिलेको गजनीजस्तो भूमिकामा आउन चाहन्छु । यो मेरो लक्ष्य हो ।’

अब यस्तो भूमिकामा आउन चाहन्छन् आमिर Reviewed by marumala srinu on 9:48 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.