विराटको लाइसेन्स खारेजीको माग गर्दै अख्तियारमा उजुरी
काठमाडौं– नेकपा एमाले निकट विद्याथी संगठन अनेरास्वियूले नीजि कम्पनी विराट पेट्रोलियमलाई पेट्रोलियम पदार्थको कारोवारका लागि दिएको लाइसेन्स खारेज गर्न माग गरेको छ । सो संगठनले अपादरदर्शी तरिकाले दिइएको लाइसेन्सले कालोबजारी बढाउने निश्कर्ष निकाल्दै लाइसेन्स खारेजीको माग गर्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने भएको छ ।
संगठनका अध्यक्ष नविना लामाले आफ्नो संगठनले केही समयदेखि कालोबजारी विरुद्धको कार्यक्रम संचालन गरेको र यहीसिलासिलामा आज अख्तियारमा निवेदन दिन थालिएको बताइन् । उनले आयल निगम र कालोसूचिमा परेको विराट पेट्रोलियमवीचको सम्झौता खारेज गर्नुपर्नेब बताइन् । यस अघि सो संगठनले आयग निगम घेराउ लगायतका कार्यक्रम गरिसकेको छ । विराट पेट्रोलियमले यूरो–४ को मापदण्डको नाममा कम गुणस्तरको तेल बेच्दै आएको छ । शुरुमा पेट्रोलको मुल्य एक सय ३० बनाएको विराटले व्यापक विरोधपछि ९९ मा बेच्न थालेको थियो ।
त्यसैवीच संगठनले आजदेखि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा खाद्य पदार्थ लगायतका बस्तुमा भएको कालोबजारीका विरुद्ध एक साता लामो अभियान शुरु गर्न थालेको पनि अध्यक्ष लामाले बताइन् ।
Reviewed by marumala srinu
on
8:51 PM
Rating:

No comments: