Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पूर्व झापाका दुई जना चञ्चला सुब्बा र सोहनी धिमाललेआफ्नो लिंग परिवर्तन गरेर युवती बने ।

झापा,  – पूर्वका दुई जना तेस्रोलिंगीले आफ्नो जैविक लिंग परिवर्तन गरेका छन् । जैविक लिंग पुरुष भएका तेस्रोलिंगीहरु चञ्चला सुब्बा र सोहनी धिमालले गएको बुधबार बैंककस्थित प्रतुनामा क्लिनिकमा शल्यक्रिया गरि लिंग र अण्डकोष हटाएको ब्लु डाइमण्ड सोसाइटी नेपालले जनाएको छ ।


सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले शल्यक्रिया पछि चञ्चलाको केहिबेर रक्तस्राव भएको तर सोहनीको भने अवस्था सामान्य भएको जानकारी दिनुभयो । सुब्बा र धिमाले दुवै जना शल्यक्रिया पछिको आरामको क्रममा बैंककमै रहेको स्याहारका लागि अरु तीनजना तेस्रोलिंगी पनि सँगै रहेको सोसाइटीले जनाएको छ । जैविक लिंग पुरुष भएपनि दुवै जनाको आनिबानी र रुप रंग महिलाको जस्तो थियो । त्यसैले उहाँहरुले जैविक लिंग परिवर्तन गरेको गुरुङले स्पष्ट पार्नुभयो ।


यसअघि नौ जना नेपाली तेस्रोलिंगीले यसरी आफ्नो जैविक लिंग परिवर्तन गरेको भएपनि उनीहरु सार्वजनिक नभएको सोसाइटीको भनाई छ । लिंग परिवर्तन गरेर सार्वजनिक हुने सुब्बा र धिमला पहिलो हुन् । लिंग परिवर्तनको शल्यक्रिया अघि उहाँहरुले शरिरमा महिलाको हर्माेन बढाउन बिभिन्न औषधीहरु प्रयोग गरिरहनु भएको थियो । तेस्रो लिंगीहरुले शरिरमा महिला हर्माेन बढाउन जन्मान्तरको लागि महिलाले प्रयोग गर्ने अस्थायी साधनहरु पिल्स, संगिनी आदि प्रयोग गर्ने गरेको पाइएको छ ।


लिंग परिवर्तन गर्न मानसिक र शारिरीक रुपले तयार भएका मान्छेको बैंककका अस्पतालहरुमा सामान्य शल्यक्रिया गरेर लिंग परिवर्तन गर्न सकिन्छ । त्यसका लागि अवस्था हेरि १० लाख रुपैयाँसम्म खर्च लाग्ने गर्छ ।

पूर्व झापाका दुई जना चञ्चला सुब्बा र सोहनी धिमाललेआफ्नो लिंग परिवर्तन गरेर युवती बने । Reviewed by marumala srinu on 8:11 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.