Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

आठ महिनामा ९ अर्ब ३६ करोड राजश्व संकलन ।

वीरन्गज – वीरगन्जमा रहेको सिर्सिया सुख्खा बन्दरगाहाको भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनाको अवधीमा नौ अर्ब ३६ करोड रुपैया राजश्व संकलन गरेको छ ।

ड्राइपोर्ट भन्सार कार्यालयले साउन देखि फागुन सम्म आठ महिनाको अवधीमा नौ अर्ब ३६ करोड ४८ लाख १६ हजार रुपैया राजश्व संकलन गरेको हो । भन्सार विभागले आठ महिनाको अवधीमा ११ अर्ब २७ करोड ५७ लाख ६२ हजार रुपैया संकलन गर्न लक्ष्य दिएकोमा ड्राइपोर्ट भन्सार कार्यालयले लक्ष्यको ८३ प्रतिशत मात्र राजश्व असुली गर्न सकेको भन्सार कार्यालय प्रमुख देवी प्रसाद भण्डारीले बताए ।

गत आर्थिक वर्षको यही अवधीमा ड्राइपोर्ट भन्सार कार्यालयले लक्ष्य भन्दा ३९ करोड अर्थात त लक्ष्य भन्दा ३ दशमलव ८८ प्रतिशत बढि राजश्व संकलन गरेको थियो । मधेस आन्दोलनका कारण चालु आर्थिक वर्षको साउन देखि मंसिर सम्म प्रत्येक महिनामा लक्ष्य पुरा गर्न असफल भएको ड्राइपोर्ट भन्सार कार्यालयले पुष देखि फागुन सम्मका हरेक महिनामा लक्ष्य भन्दा बढि नै राजश्व संकलन गरेको छ ।
गत फागुन महिनामा ड्राइपोर्ट भन्सार कार्यालयले लक्ष्य भन्दा दुई प्रतिशत बढि अर्थात लक्ष्य भन्दा ३ करोड ९० लाख ३६ हजार रुपैया राजश्व संकलन गरेको छ । भन्सार विभागले फागुन महिनामा एक अर्ब ६१ करोड आठ लाख २३ हजार संकलन गर्न लक्ष्य दिएकोमा ड्राइपोर्ट भन्सार कार्यालयले एक अर्ब ६४ करोड ९८ लाख ५९ हजार रुपैया राजश्व संकलन गरेको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।
यसैगरि गत माघ महिनामा ड्राइपोर्ट भन्सार कार्यालयले लक्ष्य भन्दा १९ प्रतिशत बढि अर्थात कुल एक अर्ब ७१ करोड ३८ लाख ७७ हजार र गत पुष महिनामा लक्ष्य भन्दा १८ प्रतिशत बढि अर्थात कुल एक अर्ब ७० करोड १५ लाख १३ हजार रुपैया राजश्व संकलन गरेको थियो ।

आठ महिनामा ९ अर्ब ३६ करोड राजश्व संकलन । Reviewed by marumala srinu on 10:45 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.